‘जिरो टु टेन’ स्टोर सञ्चालनमा, बालबालिकाका सम्पूर्ण सामग्री एकैठाउँमा
सारांश
- नयाँ बानेश्वरमा 'जिरो टु टेन' स्टोर सञ्चालनमा आएको छ, जहाँ शिशुदेखि १० वर्षसम्मका बालबालिकाका लागि सामग्री उपलब्ध छन्।
- स्टोरमा बालबालिकाका लागि आवश्यक कपडा, खेलौना, अध्ययन सामग्री, कस्मेटिक, जुत्ता लगायतका सामग्री पाइन्छन्, र यो मिराकल प्लाजाको भुइँ तलामा छ।
- पाँच करोड लगानीमा खुलेको स्टोरले अपाङ्गता भएका बालबालिकालाई छुट दिनेछ र यस आर्थिक वर्षभित्र ललितपुर र धनगढीमा शाखा विस्तार गर्ने योजना छ।
काठमाडौँ । राजधानीको नयाँ बानेश्वरमा शनिबारदेखि ‘जिरो टु टेन’ स्टोर सञ्चालनमा ल्याइएको छ । भर्खरै जन्मेका शिशुदेखि १० वर्षसम्मका बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री एकै ठाउँमा उपलब्ध गराउने गरी उक्त स्टोर सञ्चालनमा ल्याइएको हो ।
एउटै छातामुनी बालबालिकाका लागि आवश्यक लत्ता कपडा, अध्ययन सामग्री, खेलौना तथा खेलकुदका सामग्री, कस्मेटिक, बेबी क्यारी, विद्युतीय खेलौना गाडी देखि जुत्ता, ब्यागेज लगायतका सामग्री पाइने स्टोरका सञ्चालक विष्णु पोखरेलले जानकारी दिए।
स्टोर मिराकल प्लाजाको भुईँ तलामा छ । उक्त स्टोर अन्तर्राष्ट्रिय ब्रान्ड डक्टर जिम र बिबि किट्टीको आधिकारिक बिक्रेता पनि भएको बताइएको छ ।
पाँच करोडको लगानीमा सञ्चालनमा आएको स्टोरले अपाङ्गता भएका बालबालिकाका लागि विशेष छुटको व्यवस्था समेत मिलाएको छ ।
सो स्टोरको यसै आर्थिक वर्ष भित्र ललितपुरको इमाडोल र कैलालीको धनगढीमा शाखा विस्तार गर्ने योजना रहेको र अन्य जिल्लाहरूमा पनि छिट्टै शाखा विस्तारको योजना रहेको सञ्चालक पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण