भारी वर्षा र पहिरोका कारण सिक्किममा १ हजार ५०० पर्यटक अलपत्र
सारांश
- भारी वर्षा र पहिरोका कारण उत्तरी सिक्किममा सम्पर्क विच्छेद भएको छ, करिब १५ सय पर्यटक फसेका छन्।
- खराब मौसमका कारण उद्धार कार्यमा बाधा पुगेको छ, लाचेन र लाचुङमा फसेका पर्यटकलाई होटलमै बस्न भनिएको छ।
- टिस्टा नदीमा पानीको सतह बढेकाले बेली ब्रिजमा क्षति पुगेको छ भने मुन्सिथाङमा कार दुर्घटना हुँदा ९ जना पर्यटक बेपत्ता छन्।
नयाँ दिल्ली । गएको शुक्रबारदेखि नै निरन्तर भारी वर्षा र पहिरोका कारण राज्यको बाँकी हिस्साबाट उत्तरी सिक्किमको अधिकांश क्षेत्रबाट सम्पर्क टुटेको छ । अधिकांश सडकहरू बन्द हुँदा यस क्षेत्रमा आवागमन ठप्प भएको छ । फलतः झन्डै १५ सय पर्यटक यहाँ फसेका छन् ।
अलपत्र परेका पर्यटकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको छ । तर खराब मौसमले यस कार्यमा बाधा पुर्याइरहेको छ । ‘लाचेनमा ११५ र लाचुङमा १ हजार ३५० पर्यटक फसेका छन् । पहिरोका कारण त्यहाँबाट निस्कने बाटो अवरुद्ध भएको छ । पर्यटकहरूलाई होटलमै बस्न सल्लाह दिइएको छ । बाटो खुलेपछि उनीहरूलाई त्यहाँबाट निकालिनेछ ।’
उत्तरी सिक्किमका मंगनका प्रहरी अधिक्षक सोनम डी भुटियाले भनेका छन् । प्रहरीका अनुसार निरन्तर वर्षाका कारण टिस्टा नदीमा पानीको सतह पनि खतराको चिन्ह नजिक पुगेको छ । बढ्दो पानीको सतहका कारण मंगनलाई चुङथाङसँग जोड्ने बेली ब्रिज आंशिक रूपमा क्षतिग्रस्त भएको छ ।
शनिबार उक्त क्षेत्रमा करिब तीन घण्टासम्म रेड अलर्ट जारी गरिएको थियो । मानिसहरूलाई घरभित्रै बस्न सल्लाह दिइएको थियो । उत्तर सिक्किमका अधिकांश क्षेत्रमा बिजुली आपूर्ति पनि बन्द गरिएको छ ।
प्रशासनले हाल उत्तर सिक्किमका लागि जारी गरिएका अनुमतिपत्रहरूमा प्रतिबन्ध लगाएको छ । अर्काेतर्फ, मुन्सिथाङ क्षेत्रमा पर्यटक सवार कार नदीमा खसेपछि सवार ११ जना मध्ये नौ जना बेपत्ता छन् । यसमा ओडिशा, उत्तर प्रदेश र त्रिपुराका पर्यटकहरू सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण