राजावादी प्रदर्शन
कमल थापा पक्राउ पछि राजेन्द्र लिङ्देनले भने– रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ
आइतबार, १८ जेठ २०८२, १५ : १५

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् ।
आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेताहरूलाई पक्राउ गरेको हो ।
उनी पक्राउ परेपछि राजावादीहरूले तत्काल थापालाई रिहा गर्न माग गरेका छन् ।
प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष लिङ्देनले थापालाई तत्काल रिहा नगरिए आन्दोलन सोमबारदेखि थप सशक्त बनाइने चेतावनी दिए ।
उनले सरकारले धरपकडको नीति लिएको भन्दै आक्रोश समेत पोखे । अहिले नक्सालस्थित प्रहरी हेडक्वार्र्टर अगाडिको सडकमै राजावादीले प्रदर्शन गरिरहेका छन् ।
बिहीबारदेखि सुरु भएको वर्तमान व्यवस्था विरोधी प्रदर्शनको कार्यक्रम अनुसार आज नक्सालमा तय भएको राप्रपाका नेता जनकराज पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
-
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
-
सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन
-
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान