बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृत्यु

सोमबार, १९ जेठ २०८२, १२ : ०६
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • भारतमा कोरोना भाइरसको सङ्ख्या बढ्दै, सक्रिय बिरामीको सङ्ख्या ३ हजार ९६१ पुग्यो।
  • पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु, जसमा दिल्ली, तमिलनाडु, महाराष्ट्र र केरलाका व्यक्तिहरु छन्।
  • दिल्लीमा २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु, उनलाई पहिले नै अन्य गम्भीर रोगहरू थिए।

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) फेरि फैलिन थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, देशभर सक्रिय कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुगेको छ । 

बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मर्ने मध्ये एक जना दिल्लीका हुन् भने अरू जना तमिलनाडु, महाराष्ट्र र केरलाका हुन् । 

यसरी, कोरोना भाइरसको ताजा प्रकोप देखिन थालेयता भारतभरमा ३२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । 

यसैबिच दिल्लीमा २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको समाचारमा उल्लेख छ । स्वास्थ्य विभागका अनुसार, ती युवतीलाई पहिले नै क्षयरोग, फोक्सोको रोग र श्वासप्रश्वास नलीको सङ्क्रमण जस्ता गम्भीर रोग थिए । अस्पतालमा उपचारको क्रममा मृत्यु उनको मृत्यु भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप