भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृत्यु
सोमबार, १९ जेठ २०८२, १२ : ०६
सारांश
- भारतमा कोरोना भाइरसको सङ्ख्या बढ्दै, सक्रिय बिरामीको सङ्ख्या ३ हजार ९६१ पुग्यो।
- पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु, जसमा दिल्ली, तमिलनाडु, महाराष्ट्र र केरलाका व्यक्तिहरु छन्।
- दिल्लीमा २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु, उनलाई पहिले नै अन्य गम्भीर रोगहरू थिए।
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) फेरि फैलिन थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, देशभर सक्रिय कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुगेको छ ।
बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मर्ने मध्ये एक जना दिल्लीका हुन् भने अरू जना तमिलनाडु, महाराष्ट्र र केरलाका हुन् ।
यसरी, कोरोना भाइरसको ताजा प्रकोप देखिन थालेयता भारतभरमा ३२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
यसैबिच दिल्लीमा २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको समाचारमा उल्लेख छ । स्वास्थ्य विभागका अनुसार, ती युवतीलाई पहिले नै क्षयरोग, फोक्सोको रोग र श्वासप्रश्वास नलीको सङ्क्रमण जस्ता गम्भीर रोग थिए । अस्पतालमा उपचारको क्रममा मृत्यु उनको मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण