माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीको छोटा आईटी कोर्षहरूमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । काठमाडौंस्थित माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले आफ्ना सम्पूर्ण छोटा आईटी कोर्षहरूमा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ। आईटी क्षेत्रमा करियर बनाउने चाहना राख्ने विद्यार्थीहरूका लागि यो अफर विशेष अवसरका रूपमा आएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार, छुट प्राप्त गर्न सकिने कोर्षहरूमा वेब डेभलपमेन्ट, एप डेभलपमेन्ट, ग्राफिक्स डिजाइन, यूआई/यूएक्स डिजाइन, डिजिटल मार्केटिङ, पाइथन विथ डजाङ्गो, फ्लटर डेभलपमेन्ट, मोशन ग्राफिक्स, वर्डप्रेस डेभलपमेन्ट,
डाटा साइन्सलगायत रहेका छन् ।
माइन्डराइजर्सले व्यावसायिक प्रशिक्षकहरू, प्रोजेक्ट-आधारित सिकाइ, करिअर सपोर्ट, इन्डस्ट्री एक्सपोजर र इन्टर्नशिपका अवसरसमेत उपलब्ध गराउँदै आएको जनाएको छ। छुट अवधिभर दर्ता गर्ने विद्यार्थीहरूले करिअर गाइड, इन्डस्ट्री एक्सपोजर र इन्टर्नशिपमा प्राथमिकता पाउनेछन्।
संस्थाले आजको डिजिटल युगमा प्लसटु पछि आईटी सीप सिक्नु करियरका लागि अनिवार्यजस्तै भएकाले यस्ता कोर्षहरू युवाहरूका लागि आवश्यक भएको उल्लेख गरेको छ। साथै, देश तथा विदेशमा रोजगारीका अवसर खोज्नेहरूका लागि यी कोर्षहरू उपयोगी हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण