कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष रायलाई ७ दिन हिरासतमा राख्न अनुमति
सोमबार, १९ जेठ २०८२, १३ : ५३
सारांश
- कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
- बैंकको करिब २६० करोड रकम हिनामिना प्रकरणमा राय संलग्न रहेको आरोप लागेको छ।
- सीआईबीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो र अनुसन्धानका लागि बाँके पठाइएको छ।
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बाँके जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।
सीआईबीको टोलीले जेठ १७ मा उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । बैंकको करिब २६० करोड रकम हिनामिनामा राय संलग्न देखिएका छन् ।
त्यसबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी दानबहादुर थापा सहितको टिमलाई बाँके पठाइएको छ । अनुसन्धान पुरा गरेर बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिने एसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण