बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष रायलाई ७ दिन हिरासतमा राख्न अनुमति

सोमबार, १९ जेठ २०८२, १३ : ५३
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
  • बैंकको करिब २६० करोड रकम हिनामिना प्रकरणमा राय संलग्न रहेको आरोप लागेको छ।
  • सीआईबीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो र अनुसन्धानका लागि बाँके पठाइएको छ।

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बाँके जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।

सीआईबीको टोलीले जेठ १७ मा उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । बैंकको करिब २६० करोड रकम हिनामिनामा राय संलग्न देखिएका छन् ।

 त्यसबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी दानबहादुर थापा सहितको टिमलाई बाँके पठाइएको छ । अनुसन्धान पुरा गरेर बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिने एसपी खड्काले जानकारी दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप