बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
अनुदान

महानगरपालिकालाई सङ्घ सरकारको पौने १२ अर्ब अनुदान, पोखरा र विराटनगरको घट्यो

सोमबार, १९ जेठ २०८२, १४ : २२
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • संघीय सरकारले ६ महानगरपालिकालाई झन्डै पौने १२ अर्ब अनुदान दिने भएको छ। यो रकम अघिल्लो वर्षको भन्दा १४.४८ प्रतिशतले बढी हो।
  • पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ, तर अघिल्लो वर्षको तुलनामा यो रकम ८.९९ प्रतिशतले कम हो।
  • काठमाडौं, भरतपुर, वीरगञ्ज र ललितपुर महानगरपालिकाले भने अघिल्लो वर्षको तुलनामा अनुदान बढी पाएका छन्, विराटनगरको अनुदान भने घटेको छ।

काठमाडौँ । देशका ६ महानगरपालिकाले सङ्घ सरकारबाट झन्डै पौने १२ अर्ब रुपैयाँ अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकम अनुसार सरकारले देशभरका नगरपालिकालाई ११ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ बराबरको

वित्तीय हस्तान्तरण गर्न लागेको हो । यो रकम अघिल्लो वर्षको भन्दा १४.४८ प्रतिशत बढी हो । अघिल्लो वर्ष अघिल्लो वर्ष ११ अर्ब ७३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 

यसमध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिकाले पाएको छ । पोखराले ३ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ बराबरको बजेट पाएको हो । अघिल्लो वर्ष पोखराले ४ अर्ब ५७ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ८.९९ प्रतिशतले कम हो । 

त्यस्तै, काठमाडौँ महानगरपालिकाले यो वर्ष २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष काठमाडौँले २ अर्ब २१ करोड ७५ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ५.६० प्रतिशतले बढी हो । 

भरतपुर महानगरपालिकाले यो वर्ष २ अर्ब ३६ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष भरतपुरले १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ५.७६ प्रतिशतले बढी हो । 

त्यस्तै, वीरगन्ज महानगरपालिकाले यो वर्ष १ अर्ब ३७ करोड ३ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष भरतपुरले १ अर्ब २७ करोड ८४ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ५.६० प्रतिशतले बढी हो । 

ललितपुर महानगरपालिकाले यो वर्ष १ अर्ब २० कराेड ८५ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष ललितपुरले १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ८.४९ प्रतिशतले बढी हो । 

विराटनगर महानगरपालिकाले यो वर्ष १ अर्ब १७ कराेड ६८ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष विराटनगरले १ अर्ब २२ करोड ३ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ३.६५ प्रतिशतले कम हो ।

ccc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप