महानगरपालिकालाई सङ्घ सरकारको पौने १२ अर्ब अनुदान, पोखरा र विराटनगरको घट्यो
सारांश
- संघीय सरकारले ६ महानगरपालिकालाई झन्डै पौने १२ अर्ब अनुदान दिने भएको छ। यो रकम अघिल्लो वर्षको भन्दा १४.४८ प्रतिशतले बढी हो।
- पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ, तर अघिल्लो वर्षको तुलनामा यो रकम ८.९९ प्रतिशतले कम हो।
- काठमाडौं, भरतपुर, वीरगञ्ज र ललितपुर महानगरपालिकाले भने अघिल्लो वर्षको तुलनामा अनुदान बढी पाएका छन्, विराटनगरको अनुदान भने घटेको छ।
काठमाडौँ । देशका ६ महानगरपालिकाले सङ्घ सरकारबाट झन्डै पौने १२ अर्ब रुपैयाँ अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकम अनुसार सरकारले देशभरका नगरपालिकालाई ११ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ बराबरको
वित्तीय हस्तान्तरण गर्न लागेको हो । यो रकम अघिल्लो वर्षको भन्दा १४.४८ प्रतिशत बढी हो । अघिल्लो वर्ष अघिल्लो वर्ष ११ अर्ब ७३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
यसमध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिकाले पाएको छ । पोखराले ३ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ बराबरको बजेट पाएको हो । अघिल्लो वर्ष पोखराले ४ अर्ब ५७ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ८.९९ प्रतिशतले कम हो ।
त्यस्तै, काठमाडौँ महानगरपालिकाले यो वर्ष २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष काठमाडौँले २ अर्ब २१ करोड ७५ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ५.६० प्रतिशतले बढी हो ।
भरतपुर महानगरपालिकाले यो वर्ष २ अर्ब ३६ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष भरतपुरले १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ५.७६ प्रतिशतले बढी हो ।
त्यस्तै, वीरगन्ज महानगरपालिकाले यो वर्ष १ अर्ब ३७ करोड ३ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष भरतपुरले १ अर्ब २७ करोड ८४ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ५.६० प्रतिशतले बढी हो ।
ललितपुर महानगरपालिकाले यो वर्ष १ अर्ब २० कराेड ८५ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष ललितपुरले १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ८.४९ प्रतिशतले बढी हो ।
विराटनगर महानगरपालिकाले यो वर्ष १ अर्ब १७ कराेड ६८ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । अघिल्लो वर्ष विराटनगरले १ अर्ब २२ करोड ३ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ३.६५ प्रतिशतले कम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण