गणेश रसिकलाई नेता र सङ्गीतकर्मीले दिए अन्तिम अन्तिम श्रद्धाञ्जली
काठमाडौँ । आइतबार निधन भएका गायक तथा सङ्गीतकार गणेश रसिकलाई नेता तथा सङ्गीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । बिहान ९ बजेदेखि उनको शव पशुपति आर्यघाटमै श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
उनलाई अन्तिम श्रद्धाञ्जली पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सङ्गीतकार शम्भुजित बास्कोटा, सूर्य थुलुङ, लक्ष्मण शेष, अमर कार्की, सङ्गीतकार सङ्घका अध्यक्ष अष्ट लामा लगायत विभिन्न गीतसङ्गीत क्षेत्रका थुप्रै व्यक्तिहरू पशुपति आर्यघाट पुगेका थिए ।
अन्तिम श्रद्धाञ्जलीमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले उनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाए, भने संगीतका संघले उनको चर्चित गीत ‘यो नेपाली ठिटो...’ लाई विभिन्न कलाकारहरूबाट प्रस्तुत गर्दै श्रद्धाञ्जली दिएको थियो ।
आजै विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने उनको शव अस्तु भने जन्मथलो भोजपुरको छिनामखुमा लगेर विसर्जन गरिनेछ ।
_azVEY46UsJ.jpg)
७८ वर्षको उमेरमा आइतबार ललितपुर हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । करिब २ महिना अगाडिबाट उनलाई मेडिसिनले पनि काम गर्न छोडेको थियो ।
रसिकले ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ,’ ‘तराई हेर कति राम्रो हरियो वन हुनाले,’ ‘मेरो टाउको सानो छ,’ ‘यो टाउको विशाल देश छ,’ ‘रातो भाले क्वाँय क्वाँय,’ ‘आकाश गंगाको ओतमुनि,’ ‘दशगजामा उभिएर,’ जब ‘सिस्नोहरू टेक्दै हिँडेँ’ लगायत धेरै गीत छोडेर गाएका छन् । जुन गीत अहिले पनि कालजयी छन् ।
_tySjUpsRiq.jpg)
रसिकको जन्म भोजपुरको छिनामाखुमा २००४ असोज ४ गते भएको हो । उनी ५० को दशकमा इलाम सरेका थिए । करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा होमिएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा परिचय बनाएका छन् ।
_omq516RLLg.jpg)
‘सारङ्गीभित्र कथासङ्ग्रह,’ ‘गणेश रसिकका गीतहरू,’ ‘आकाश गंगाको ओतमुनि’लगायत उनका एक दर्जन बढी कृति प्रकाशित छन् ।
_tNajIV3j06.jpg)
प्रशासनिक क्षेत्रमा पनि रहेका उनले बीएसम्मको औपचारिक शिक्षा हासिल गरे । सामान्य कर्मचारीको जागिरे जीवन हुँदै रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्यसचिवसम्म भए ।
_mAn6fwjSIK.jpg)
_qOEGYGkHIL.jpg)
_lF3WMtGNHN.jpg)
_Kr5RNwHFrB.jpg)
_47ofJztIIr.jpg)
_3r59S1Ien9.jpg)
_ZqVYaYJCOH.jpg)
_xhBDB0R38m.jpg)
_SKqBgNwVIU.jpg)
_xvGQYI4CRK.jpg)
_t1Adu0EaRG.jpg)
_uRbg1d1dzd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण