राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकहरूको हेरफेर, भर्खरै बढुवा भएका रावललाई सुपरिवेक्षणको जिम्मा
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको छ । गभर्नर विश्व पौडेलले दुई कार्यकारी निर्देशकको सरुवा र एक जनाको पदस्थापन गरेको राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए ।
केही दिनअघि मात्रै निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख बनाइएको छ । यसअघि बैङ्क सुपरिवेक्षणका कार्यकारी निर्देशक रामु पौडेल र मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ ।
त्यस्तै, मद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यसअघि उक्त विभागमा तुल्सी नेपालले अनिवार्य अवकाश पाएका थिए । यस अनुसार तीन जनाको सरुवा र एक जनाको पदस्थापन गरिएको हो ।
यसअघि, आर्थिक अनुसन्धान विभाग, मानव संसाधन व्यवस्थापन विभाग, बैङ्किङ विभाग र गभर्नर कार्यालयमा कार्यकारी निर्देशक परिवर्तन गरिएको थियो । अनुसन्धान विभागमा भएका कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको थियो । मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाइएको थियो ।
यस्तै, बैङ्किङ विभागको कार्यकारी निर्देशक रहेका विश्रुत थापालाई मानव संसाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको थियो । बैङ्किङ विभागमा डा. डिल्लीराम पोखरेललाई पदस्थापन गरिएको छ । उनी पनि हालै कार्यकारी निर्देशक बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण