संसद् बैठक
प्रतिनिधि सभा बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित
मङ्गलबार, २० जेठ २०८२, १४ : ५३
काठमाडौँ । प्रतिनिधिसभाको मङ्गलबारका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ ।
आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् । सदन नचल्ने अवस्था आएपछि सूचना टाँसेर समय सर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण