मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’
मुस्ताङ। यहाँको घरपझोङ गाउँपालिकासहित चार स्थानीय तहलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व, सहभागिता, पूर्ण खोप गाउँपालिकाका हाम्रो प्रतिबद्धता’ नारासहित ती स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
यहाँका घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र थासाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय मुस्ताङका तथ्याङ्क अधिकृत राजन पहाडीले जानकारी दिए । उनका अनुसार मुस्ताङका पाँच पालिकामध्ये चार पालिकाले पूर्ण खोप घोषणा गरेको र केही दिनमा वारागुङ मुक्तिक्षेत्रले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको छ ।
घरपझोङले आज यहाँ एक कार्यक्रम गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कर्णबहादुर थकालीले जानकारी दिए। पूर्ण खोप पालिका घोषणा गर्दै पालिका अध्यक्ष मोहनसिंह लालचनले सबैको सामूहिक प्रयासले घोषणा कार्य सम्पन्न भएको र अब यसलाई निरन्तरता दिन लाग्नुपर्ने बताए।
गाउँपालिका उपाध्यक्ष जमुना थकालीले गाउँपालिकाले तयारी गरेको बालमैत्री स्थानीय शासनको सूचकमध्ये खोप कार्यक्रम महत्वपूर्ण रहेको भन्दै यसको दिगोपना अपरिहार्य रहेको उल्लेख गरे । प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा मनिष कोइरालाले बालबालिकालाई स्वस्थ्य राख्नका लागि शारीरिक, मानसिक र अन्य वृद्धि विकासमा खोप अनिवार्य रहेको बताए।
यसअघि यहाँका पाँच पालिकाका २५ वटा वडामध्ये चार पालिकाका २० वडाका वडास्तरीय खोप समन्वय समितिले पूर्ण खोप लगाएको घोषणा गरेपछि पालिकालाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण