शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय स्पेस स्टेसन जाँदैछन् भारतीय पाइलट

बुधबार, २१ जेठ २०८२, १६ : २६
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • भारतीय वायुसेनाका समूह क्याप्टेन शुभांशु शुक्ला जुन १० मा अन्तरिक्ष यात्रामा जाँदैछन्। यसअघि, यो यात्रा जुन ८ मा हुने भनिएको थियो, तर ढिलाइ भएको छ।
  • शुक्ला एक्सिओम मिशन-४ (एएक्स-४) को हिस्सा हुन् र उनी दुई हप्ता आईएसएसमा बिताउनेछन्। यो अभियान इसरो र नासाको संयुक्त प्रयास हो।
  • सन् १९८४ मा राकेश शर्मा पछि शुक्ला अन्तरिक्षमा पुग्ने दोस्रो भारतीय हुनेछन्। इसरोले सिटको लागि ५ अर्ब भारु तिरेको थियो।

नयाँ दिल्ली । भारतीय वायुसेनाका समूह क्याप्टेन शुभांशु शुक्ला अन्तरिक्ष यात्रामा जाँदैछन् । यसअघि उनी समेतको समूह जुन ८ मा अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जाने भनिएको थियो । तर अब यो समय सरेर जुन १० मा पुगेको छ ।

यो ढिलाइको कारण अहिलेसम्म खुलाइएको छैन ।  क्याप्टेन शुक्ला चार सदस्यीय अन्तर्राष्ट्रिय टोली एक्सिओम मिशन–४ (एएक्स–४) का हिस्सा हुन् । यो समूह दुई हप्ता आईएसएसमा बस्नेछ । 

३९ वर्षीय शुक्लाले जुन १० मा भारतीय समयअनुसार साँझ ५ः ५२ बजे उडान भर्ने बताइएको छ । क्याप्टेन शुक्लालाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को संयुक्त अन्तरिक्ष अभियानको लागि छनोट गरिएको हो ।

यस मिसन अन्तर्गत शुक्ला अन्तरिक्षमा पुगेपछि उनी पछिल्लो ४० वर्षमा त्यहाँ पुग्ने दोस्रो भारतीय अन्तरिक्ष यात्री हुनेछन् । यसअघि सन् १९८४ मा राकेश शर्मा सोभियत मिसनसँगै अन्तरिक्षमा गएका थिए ।

शुक्लालाई आईएसएस पठाउन एउटा सिट सुरक्षित गर्न इसरोले ५ अर्ब भारु (५ करोड ९० लाख डलर) तिरेको थियो । उनको यो अनुभवले भारतलाई निकै फाइदा हुने इसरोको भनाइ छ । 

शुक्ला उत्तर प्रदेशको लखनउका बासिन्दा हुन् । शुक्ला २००६ मा भारतीय वायुसेनामा नियुक्त भएका थिए । उनीसँग २००० घण्टा उडानको अनुभव छ ।

उनले सुखोई–३० एमकेआई, मिग–२१ एस, मिग–२९ एस, जगुआर, हक्स डोर्नियर्स र एन- ३२ जस्ता भारतीय वायुसेनाको लडाकु विमान उडाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप