गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादी संकेत
सारांश
- माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिनुपर्ने संकेत गरेको छ।
- खुमलटारमा बसेको बैठकमा गृहमन्त्रीलाई बोल्न दिएर जवाफ सुन्नुपर्ने धारणा नेताहरूले राखे।
- माओवादीले सत्तापक्ष र विपक्षी दलहरूसँग सदनको अवरोध खुलाउने विषयमा छलफल गर्ने बताएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत देखाएको छ । बिहीबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा भएको छलफल अनुसार गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएर उनको जवाफ सुन्नुपर्ने पक्षमा नेताहरूले धारणा राखेपछि माओवादीले यस्तो संकेत देखाएको हो ।
‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले जवाफ दिन्छु भनिरहनुभएको छ । यस्तो अवस्थामा उहाँलाई बोल्न दिएर कुराहरू सुन्नुपर्छ । उहाँका कुरामा चित्त बुझेन भने अरु प्रश्न गर्न पाइन्छ’, माओवादीका एक पदाधिकारीले भने, ‘घटना र उठेका विषयमा कस्तो जवाफ आउँछ भन्ने विषयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।’
माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सत्तापक्षमा रहेका राजनीतिक पार्टीसहित विपक्षीमा रहेका राजनीतिक पार्टीहरूसँग सदनको अवरोध खुलाउने विषयमा छलफल गर्ने बताए ।
‘दुवै पक्षसँग छलफल गर्नुपर्नेछ । आज त्यो कुराकानी हुन्छ’, पदाधिकारी बैठकपछि सापकोटाले भने, ‘हामी सकेसम्म यो महत्वपुर्ण र गम्भीर विषय भएकाले छानबिनका लागि पनि वातावरण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष छ ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा छानबिन समिति नबनेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने रास्वपाको अडान छ । उक्त अडानमा माओवादीले पनि साथ दिएकाले मंगलबार र बुधबारको बैठक सूचना टाँसेर स्थगित हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण