चेम्बर र आईएमएफका प्रतिनिधिबिच नेपालको आर्थिक अवस्थाबारे छलफल

समाचार सारांश
- नेपाल चेम्बर अफ कमर्स र आईएमएफबीच नेपालको आर्थिक अवस्था, निजी क्षेत्रका समस्या र आगामी बजेटबारे छलफल भयो।
- चेम्बर अध्यक्षले बजेट सन्तुलित रहेको र कार्यान्वयनमा जोड दिनुपर्ने बताए, निजी क्षेत्रलाई आशावादी बनाउँदै।
- आईएमएफ प्रतिनिधिले निजी क्षेत्रका समस्या, आगामी बजेट र मौद्रिक नीतिका बारेमा जिज्ञासा राखेका थिए।
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधिबिच नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाइ, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ । काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यावसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा केन्द्रित भएर छलफल भएको हो ।
आईएमएफका प्रतिनिधिसँग चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको वर्तमान समस्यालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आएकाले निजी क्षेत्रमा आशा पलाएको बताए । उनले भने, ‘सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र निजी क्षेत्रले दिएका सुझावका आधारमा नै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । बजेट समग्रमा सन्तुलित छ । कार्यान्वयनको पाटो प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छौँ, । ’
६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याइएको बजेटको लक्ष्य पुरा गर्नका लागि सोही अनुसारको सहजीकरण हुने गरी मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
कोभिड १९ पछि अङ्गीकार गरिएका सङ्कुचित नीतिहरूका कारण निजी क्षेत्रले धेरै ठुलो क्षति बेहोर्नुपरेको र वर्तमान आर्थिक शिथिलताको कारण पनि सोही नीतिहरू रहेको अध्यक्ष अग्रवालले बताए । मुलुकको अर्थतन्त्र केही दबाबमा रहे पनि आगामी बजेटको प्रभावकारी कार्यान्वयन हुन सके अधिकांश समस्या सम्बोधन हुनेमा आफूहरू विश्वस्त रहेको अध्यक्ष अग्रवालले बताए ।
आईएमएफ मिसन चिफ डा. सर्वात जाहान नेतृत्वको प्रतिनिधि मण्डलले चेम्बर पदाधिकारीहरूसँगको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका समस्या, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुमनको ‘कान्छी द लालुपाते’ सार्वजनिक
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त गर्न लागिएको भन्दै विरोध
-
कक्षाकोठा र न्यूजरुमबिच बढ्दो दूरी : पत्रकारिता शिक्षामा व्यवहारिकताको खडेरी
-
नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि