आइफेल टावर भन्दा अग्लो पुलको उद्घाटन गर्दै भारतीय प्रम मोदी
बिहीबार, २२ जेठ २०८२, २३ : ०६
सारांश
- प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरमा चेनाब नदीमा बनेको विश्वकै अग्लो आर्क पुलको उद्घाटन गर्दै हुनुहुन्छ।
- यो पुल फ्रान्सको आइफेल टावरभन्दा ३५ मिटर अग्लो छ र यसले कश्मीरलाई रेलमार्गबाट देशका अन्य भागहरूसँग जोड्नेछ।
- भारतीय रेलवेले २० वर्षभन्दा बढी समय लगाएर बनाएको यो पुलले जम्मू र कश्मीर उपत्यका जोड्नेछ र वन्दे भारत रेलको पनि उद्घाटन हुनेछ।
काठमाडौँ। जम्मू कश्मीरस्थित चेनाब नदीमा निर्मित विश्वको सबैभन्दा अग्लो एक आर्च पुलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन्।
भारती सञ्चार माध्ययहरुका अनुसार फ्रान्सको आइफेल टावर भन्दा ३५ मिटर अग्लो यस पुलको उद्घाटन शुक्रबार जुन ६ तारिखमा (भाेलि) प्रधानमन्त्री मोदीले गर्न लागेका हुन्।
भारती रेल्वे विभागले २० वर्षभन्दा बढी समय लगाएर तयार पारेको यस पुलबाट कश्मीर रेल सम्पर्क मार्फत देशका अन्य भागहरूसँग जोडिनेछ।
जम्मूको रियासी जिल्लामा रहेको यस पुल २७२ किलोमिटर लामो सबै मौसममा चल्ने रेलवे लाइनको एक हिस्सा हो जसले जम्मूलाई कश्मीर उपत्यकासँग जोड्ने सञ्चार माध्यहरुले जनाएका छन्। यस अवसरमा प्रधानमन्त्री मोदीले जम्मू कश्मीरको कटरा र श्रीनगर बिच चल्ने वन्दे भारत रेलहरूको उद्घाटन गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण