उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट

समाचार सारांश
- उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षको जेठ तेस्रो सातासम्म ७९ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। गत वर्षबाट सरी आएका र यस वर्ष दर्ता भएका मुद्दाहरूमध्ये ७८.५८ प्रतिशत मुद्दा फर्छ्योट भएका छन्।
- अदालतले चालु आर्थिक वर्षमा ८५ प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेको छ। मुद्दा फर्छ्योटमा देवानी, फौजदारी, रिट निवेदन लगायतका मुद्दाहरू समावेश छन्।
- अन्तरक्रियामा कायममुकायम मुख्य न्यायाधीशले आगामी वर्ष एक हजार मुद्दा दर्ता हुने र ७१२ मुद्दा फर्छ्योट गर्ने लक्ष्य रहेको बताए। उनले न्यायसम्बन्धी समाचार सम्प्रेषणका लागि पत्रकारहरूलाई आग्रह गरे।
कर्णाली। उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ तेस्रो सातासम्म करिब ७९ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।
उच्च अदालत सुर्खेतद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अदालतको काम कारबाहीका सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया’ मार्फत गत वर्षबाट सरी आएका एक सय ६२ र चालु आवमा दर्ता भएका छ सय १३ गरी छ सय नौ मुद्दामा ७८ दशमलव ५८ प्रतिशत मुद्दा फर्छ्योट भएको अदालतका न्यायाधीश मातृकाप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हालसम्म करिब ७९ प्रतिशत फर्छ्योट भए पनि यो वर्षको मसान्तसम्म ८५ प्रतिशत मुद्दा फर्छ्योट गरिने लक्ष्य राखिएको छ ।
न्यायाधीश भण्डारीले पुनरावेदनअन्तर्गत देवानी ८५, सरकारवादी फौजदारी पाँच सय ४१, दुनियाँवादी फौजदारी ४४ गरी छ सय ७०, रिट ९४ र सुरु मुद्दा ११ गरी सात सय ७५ मुद्दामा छ सय नौ फर्छ्योट भएको र एक सय ६६ फर्छ्योट हुन बाँकी रहेको जनाए ।
त्यसैगरी, प्रतिवेदनअन्तर्गत मुलुक फौजदारी कार्यविधि संहिताको ७३ नम्बरबमोजिम एक सय ३५ र मुलुकी देवानी कार्यविधि संहिताको एक सय ५७ नम्बरबमोजिम १७ मुद्दा गरी एक सय ५२ मा एक सय २९ फर्छ्योट र १५ फर्छ्योट हुन बाँकी रहेको उनले बताए।
मुद्दाको विषयअनुसार जबरजस्ती करणीसम्बन्धी एक सय ३१, ज्यान मार्ने कसुरका एक सय आठ, लागु औषधका ७३, विवाहसम्बन्धी ६१, चोरीका ४५, वन तथा वन्यजन्तुसम्बन्धी १७, जातीय छुवाछूतसम्बन्धी ३१, हातहतियार खरखजनाका छ, मानव बेचबिखन तथा ओसारपसारका पाँच, रिट निवेदन ९४ र अन्य दुई सय चार मुद्दा दर्ता भएको न्यायाधीश भण्डारीले बताए ।
अन्तरक्रियामा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले चालु आर्थिक वर्षमा एक हजार मुद्दा दर्ता हुने र सात सय १२ मुद्दा फर्छ्योट हुने लक्ष्य राखिएको बताए । उनले कर्णालीमा न्यायालयले सम्पादन गर्ने मुद्दासम्बन्धी समाचार कम मात्र आउने गरेको बताउँदै गहिरो अध्ययन–अनुसन्धानबाट न्यायसम्बन्धी समाचार सम्प्रेषण गर्न कर्णालीका पत्रकारहरूलाई अनुरोध गरे । न्यायालय संविधान र कानुनबाट मात्र प्रभावित हुने बताएका कामु मुख्य न्यायाधीश भट्टराईले भीड वा अन्य कुनै दबाबमा अदालत नडगमाउने प्रस्ट्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्क्रमको शानदार शतक, वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि नजिक दक्षिण अफ्रिका
-
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम
-
इजरायलमा गरिएको इरानको हमलामा कम्तीमा ४० जना घाइते, २ जनाको अवस्था गम्भीर
-
लस एन्जलस प्रदर्शनको नालीबेली
-
मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो हुनेछ आज तपाईँको दिन, हेरौँ राशिफल