वातावरण दिवसमा सन्देशमूलक नाटक
काठमाडौँ । बिहीबार विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस देशैभर मनाइएको छ । सन् १९७३ देखि मनाउन सुरु गरिएको विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाउने गरिन्छ ।
विश्व वातावरण दिवसको अवसरमा बास नेपाल, कोहलपुर नगरपालिका र सम्बर्द्धन परियोजनाले सरसफाइ सम्बन्धी जनचेतनामूलक नाटक समेत प्रदर्शन गरेको छ । प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ भन्ने मूल नाराका साथ कोहलपुर नगरपालिकाको सभाहलमा नाटक प्रस्तुत गरिएको हो ।
नाटकको माध्यमबाट कलाकारहरूले जथाभाबी फोहोर मैला फाल्दा वातावरणमा परेको प्रभाव, त्यसले मानव जीवनमा परेको असर, वातावरण विनाशका कारण, वृक्षारोपणका फाइदाका विषयमा अभिनय गरेका थिए ।
नाटकको अन्त्यमा वातावरण सफा राख्न बिरुवा रोपौँ, जथाभाबी फोहोर मैला नगरौँ, प्लास्टिकजन्य वस्तुको प्रयोगमा न्यूनीकरण गरौँ, कपडाका झोला हाई हाई, प्लास्टिकको झोला बाई बाईको नारा लगाएर कलाकारहरूले सामूहिक प्रतिबद्धता जाहेर गरेका थिए ।
नाटकमा कलाकार माधव कार्की, शोभा थापा, शोभा भण्डारी, जितबहादुर थापा, सपना सुनार, सम्भव सिटौला, जोशिना थारु, तपेन्द्र मलातीले अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण