गैरआवासीय नेपाली नागरिकतामा गृहमन्त्रीको धारणा स्वागतयोग्य : आरके शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली नागरिकताको विषयमा गृहमन्त्री रमेश लेखकको पछिल्लो अभिव्यक्तिले विश्वभर रहेका नेपाली समुदायमा उत्साह थपिएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अभियन्ता आरके शर्माले बताएका छन् ।
“धेरै अन्योल र प्रतीक्षापछि अन्ततः गृहमन्त्रीज्यूबाट गैरआवासीय नेपाली नागरिकताको हक अधिकारको सम्बन्धमा स्पष्ट अभिव्यक्ति आएको छ,“ शर्माले शुक्रबार रातोपाटीसँग भने, “राजनीतिक अधिकारबाहेकका सबै अधिकारको सुनिश्चितता गर्ने सरकारको प्रतिबद्धताले संसारभर रहेका नेपालीहरूलाई ढुक्क बनाएको छ।“
उनले भने, “यो केवल एक अभिव्यक्तिमा सीमित नहोस्, हामी चाहन्छौँ यसको छिटो कार्यान्वयन होस्।“ गृह मन्त्रालय तथा सरकारलाई धन्यवाद दिँदै विदेशमा रहेका लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनले शुभकामना समेत व्यक्त गरे ।
“अबको यात्रा आशाको हो - तर यदि कार्यान्वयनमा ढिलाइ भयो भने दबाब दिने हाम्रो दायित्व रहनेछ,“ शर्माले बताए ।
गृहमन्त्री लेखकले आजै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक सम्पत्ति अधिकार, आर्थिक कारोबार, निवास अधिकार लगायतका विषयमा समान व्यवहार गरिने उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण