मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु रहेको बताएका छन् ।
अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
विगतमा दुनियाँमै कम्युनिष्ट र समाजवादी आन्दोलन धरापमा परेको समयमा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलनको रक्षा गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।
उनले अबको १३ महिनापछि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिएर सरकारमा सामेल हुने र नेतृत्व सुम्पिएपछि आपूmहरु मिसन ८४ मा लाग्ने स्पष्ट पारे ।
अहिले पनि विपक्षी दलले अनेक जालझेल गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले एकता, फेरि एकता र सुदृढ एकता आपूmहरुको आवश्यकता रहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा गर्ने, सदृढ गर्ने र यसलाई गतिशील ढंगले सही बाटोमा अघि बढाउने जिम्मेवारी एमालेको काँधमा रहेको दावी गरे । उनले पार्टीप्रतिको निष्ठा जस्तोसुकै कालखण्डमा पनि नछोड्न र सही विचार अङ्गालेर अगाडि बढ्न सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण