विद्युत् काट्नुअघि पूर्व सूचना दिन मागसहित उच्च अदालत पाटनमा रिट
काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यमबाट पूर्व सूचना दिन अनिवार्य बनाउन माग गर्दै उच्च अदालत पाटनमा रिट परेको छ ।
कानुनका विद्यार्थी विवेक चौधरीले आइतबार दायर गरेको रिट निवेदनमा विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई पूर्व सूचना दिन अनिवार्य बनाउन माग गरिएको छ । निवेदनमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
संविधानको धारा २७ ले नागरिकलाई सूचनाको हक सुनिश्चित गरेकाले सेवा प्रवाहको पारदर्शिता, उपभोक्ताको विश्वास र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि विद्युत् सेवा अवरुद्ध हुनु पूर्व वा लगत्तै उपभोक्तालाई स्पष्ट जानकारी दिन परमादेश आदेशको माग गरिएको छ ।
रिट निवेदनमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण