विद्युत् काट्नुअघि पूर्व सूचना दिन मागसहित उच्च अदालत पाटनमा रिट

काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यमबाट पूर्व सूचना दिन अनिवार्य बनाउन माग गर्दै उच्च अदालत पाटनमा रिट परेको छ ।
कानुनका विद्यार्थी विवेक चौधरीले आइतबार दायर गरेको रिट निवेदनमा विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई पूर्व सूचना दिन अनिवार्य बनाउन माग गरिएको छ । निवेदनमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
संविधानको धारा २७ ले नागरिकलाई सूचनाको हक सुनिश्चित गरेकाले सेवा प्रवाहको पारदर्शिता, उपभोक्ताको विश्वास र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि विद्युत् सेवा अवरुद्ध हुनु पूर्व वा लगत्तै उपभोक्तालाई स्पष्ट जानकारी दिन परमादेश आदेशको माग गरिएको छ ।
रिट निवेदनमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछ : अध्यक्ष दाहाल
-
बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे