नेसपा (नयाँशक्ति) ले विशेष समारोह गरी १० औं स्थापना दिवस मनाउँदै
सारांश
- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले जेठ ३० गते राष्ट्रिय सभा गृहमा १०औं स्थापना दिवस मनाउने।
- विवेकशील साझा, रास्वपा, नागरिक उन्मुक्ति र जनमत पार्टीका नेताहरूलाई समारोहमा निम्तो दिइनेछ।
- कार्यक्रममा वैकल्पिक राजनीतिको बाटो र आगामी दिशाबारे छलफल हुने, सांस्कृतिक कार्यक्रम पनि हुनेछन्।
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आगामी जेठ ३० गते आफ्नो १०औं स्थापना दिवस राष्ट्रियसभा गृहमा विशेष समारोह गरी मनाउने भएको छ। पार्टीका नेताहरूका अनुसार कार्यक्रमको तयारी तीव्र भइरहेको छ।
स्थापना दिवस समारोहलाई भव्य बनाउन विशेष अतिथिहरूलाई आमन्त्रण गर्ने तयारी भइरहेको छ। कार्यक्रममा वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने दलहरू विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका नेताहरूलाई निमन्त्रणा गरिने जनाइएको छ।
त्यस्तै, नागरिक समाजका अगुवा, बौद्धिक वर्ग र समाजमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरू पनि कार्यक्रममा सहभागी हुनेछन्। नेसपा नयाँ शक्तिले वैकल्पिक र अग्रगामी राजनीतिको वकालत गर्दै आएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई नेतृत्वको यो पार्टीले जनतामा भरोसा जगाउने नयाँ राजनीतिक संस्कृतिको पक्षपोषण गर्दै आएको दाबी गर्दै आएको छ।
पार्टी नेताहरूका अनुसार स्थापना दिवसको अवसरमा विगत १० वर्षको राजनीतिक यात्रा, आगामी दिशा र वैकल्पिक शक्ति निर्माणका सम्भावनाहरू विषयमा छलफल हुनेछन्।
पार्टीका एक नेताले भने, ‘हामीले यसपटक स्थापना दिवसलाई केवल औपचारिकता नभई विचार र रणनीतिक संवादको थलो बनाउने प्रयास गरेका छौँ।’ कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि रहने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण