५४३ नेपाली केयरगिभर इजरायल उडे
सारांश
- हालसम्म ५४३ नेपाली केयरगिभर इजरायल पुगिसकेका छन्।
- इजरायलले एक हजार मुख्य र एक हजार वैकल्पिक कामदार लैजाने जनाएको छ, जसमध्ये ९१९ छनौट भएका थिए।
- अब ३७ जना जाने तयारीमा छन् भने ३२ जनाको सम्झौता भइसकेको छ।
काठमाडौँ । अहिलेसम्म ५४३ जना नेपाली केयरगिभर इजरायल पुगेका छन् । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि एक हजार नेपाली कामदार पठाउने तयारी छ ।
त्यसका लागि अहिलेसम्म ५४३ जना इजरायर पुगेर काम थालेको वैदेशिक रोजगार विभागको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीले जानकारी दिए ।
इजरायलले पछिल्लो समय एक हजार मुख्य र एक हजार वैकल्पिक उम्मेदवारलाई लैजाने जनाएको छ । सोही अनुसार ९१९ जना छनौटमा परेका थिए । उनीहरूलाई क्रमिक रूपमा पठाउने काम भइरहेको निर्देशक ज्ञवालीले बताए ।
अब ३७ जना जाने तयारीमा छन् भने ३२ जनाको सम्झौता भएको छ । अन्यको बिस्तारै सम्झौता र भिसाको प्रक्रिया अगाडि बढिरहेको ज्ञवालीले बताए ।
विभागले गत २०८० को असार ११ गते केयरगिभरका लागि आवेदन आह्वान गरेको थियो । जसका लागि ४ हजार २४ जनाले अनलाइन मार्फत फाराम भरेका थिए ।
तीमध्ये तीन हजार ४६१ वटा आवेदन स्वीकृत भएको थियो । बाँकी आवेदनहरूमा विभिन्न खालका कैफियत देखिएको भन्दै विभागले अस्वीकृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण