मर्छु भन्दै गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको उद्धार
मङ्गलबार, २७ जेठ २०८२, १३ : ५८
काठमाडौँ । मर्छु भन्दै सोलुखुम्बु स्थित गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिक छुई हुवाङलाई मंगलबार एभरेष्ट हेलिकप्टरमार्फत उद्धार गरिएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका डीएसपी रिपेन्द्र कुमार सिंहले रातोपाटीलाई बताए ।
३५ औँ जन्मदिनको दुई दिनअघि मर्न लागेको भन्दै उनले टिकटकमा पोष्ट गरेका थिए । हुवाङले पोष्ट गरेपछि परिवारले दूतावासमा त्यसबारे जानकारी गराए । उनी मे २५ मा लुक्ला हुँदै नाम्चे बजार तर्फ गएका डीएसपी सिंहले बताए ।
सोलुखुम्बुबाट काठमाडौँ ल्याएर प्रहरीले उनलाई दूतावासको जिम्मा लगाउने तयारी गरेको छ । हुवाङ गोक्यो स्थित थाङ्का इनमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
-
स्पेनका लागि कसले खेल पल्टायो ?
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
-
मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण