बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

मर्छु भन्दै गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको उद्धार

मङ्गलबार, २७ जेठ २०८२, १३ : ५८
मङ्गलबार, २७ जेठ २०८२

काठमाडौँ । मर्छु  भन्दै सोलुखुम्बु स्थित गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिक छुई हुवाङलाई मंगलबार एभरेष्ट हेलिकप्टरमार्फत उद्धार गरिएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका डीएसपी रिपेन्द्र कुमार सिंहले रातोपाटीलाई बताए । 

३५ औँ जन्मदिनको दुई दिनअघि मर्न लागेको भन्दै उनले टिकटकमा पोष्ट गरेका थिए । हुवाङले पोष्ट गरेपछि परिवारले दूतावासमा त्यसबारे जानकारी गराए । उनी मे २५ मा लुक्ला हुँदै नाम्चे बजार तर्फ गएका डीएसपी सिंहले बताए ।

सोलुखुम्बुबाट काठमाडौँ ल्याएर प्रहरीले उनलाई दूतावासको जिम्मा लगाउने तयारी गरेको छ ।  हुवाङ गोक्यो स्थित थाङ्का इनमा बस्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप