चिनियाँ राजदूत चेन सोङद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण
सारांश
- चीनका राजदूत चेन सोङले झापाका चार विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र खेलकुदका सामग्री वितरण गरे।
- राजदूत सोङले विद्यालय भवनको उद्घाटन गरे र शिक्षा क्षेत्रमा चीनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
- विर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका उद्योगको अवलोकन गर्दै चीनमा बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
झापा । नेपालका लागि चीनका राजदूत चेन सोङले यहाँका चार विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति र एक हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको ब्याग तथा खेलकुदका सामग्री वितरण गरेका छन् ।
उनले विर्तामोड नगरपालिका–८ को शुक्रराज आधारभूत विद्यालय, बिर्तामोड–९ स्थित दुर्गा माध्यमिक विद्यालय, देवकोटा आधारभूत विद्यालय र अर्जुनधारा नगरपालिका–६ स्थित शनिश्चरे माध्यमिक विद्यालयका ४० विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरेका हुन् ।
उनले हिजो र आज आयोजित कार्यक्रममा प्रत्येक विद्यालयका १० जना विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गरे भने शनिश्चरे माविका ६०० र दुर्गा माविका ४०० विद्यार्थीलाई १९ प्रकारका शैक्षिक सामग्री प्रदान गरेका छन् । उनले चिनियाँ राजदूतावासको रु ५० हजार सहयोगमा निर्माण भएको शुक्रराज आधारभूत माविको चार कोठे दुई तले भवनको उद्घाटन समेत गरे ।
राजदूत चेन सोङले चीनको विकास शिक्षाकै कारण भएको बताउँदै आगामी दिनमा समेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल र चीनको सम्बन्ध स्मरण गर्दै २०७२ सालमा गएको भूकम्पपछि नेपालका विभिन्न स्थानमा १० वटा विद्यालय भवन निर्माणमा सहयोग गरेको बताए ।
कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले झापाको विकासका लागि पूर्वाधार, कृषि, शिक्षालगायतका क्षेत्रमा चिनियाँ दूतावासले पुर्याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् । उनले आजै दूतावासकै सहयोगमा बन्न लागेको देवकोटा आधारभूत मावि भवनको समेत शिलान्यास गरिन् । चिनियाँ राजदूत सोङले विर्तामोडका दुई माछा फार्म र अर्जुनधारामा रहेका दुई गाई फार्ममा परीक्षणका लागि आर्थिक सहयोग गर्ने बताए ।
उनले अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेका मुढा, बाँसबाट निर्मित सामग्री, सुपारीको पातबाट निर्माण गरिने दुनाटपरी उद्योगको समेत अवलोकन गरी चीनमा बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण