दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
सारांश
- दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पिकरमार्फत प्रोपोगान्डा प्रसारण रोक्ने घोषणा गरेको छ, जसले दुई देशबीचको विश्वास पुनर्स्थापना गर्ने प्रयासलाई संकेत गर्छ।
- यो निर्णय राष्ट्रपति चुनावपछि आएको हो, जसमा लि जे-म्युङ निर्वाचित भए, जसले उत्तर कोरियासँगको सम्बन्ध सुधार्ने वाचा गरेका थिए।
- उत्तर कोरियाले यस्ता प्रसारणलाई युद्धको कार्य मानेको छ, तर दक्षिण कोरियाले शान्ति र सम्बन्ध सुधारको लागि यो कदम चालेको छ।
सिओल । दक्षिण कोरियाको सेनाले उत्तर कोरियासँगको सीमा क्षेत्रमा गर्ने लाउडस्पिकरमार्फत प्रोपोगान्डा प्रसारणहरू रोक्ने घोषणा गरेको छ। यो कदम दुई देशबिचको विश्वास पुनर्स्थापना गर्ने प्रयासस्वरूप लिइएको बताइएको छ।
यो निर्णय हालै सम्पन्न राष्ट्रपतीय चुनावपछि आएको हो, जसमा लि जे-म्युङ नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। उनले चुनाव प्रचारको क्रममा उत्तर कोरियासँगको सम्बन्ध सुधार्ने वाचा गरेका थिए।
उत्तर कोरियाले यस्ता लाउडस्पिकर प्रचारलाई युद्धको कार्य मानेको छ र विगतमा यस्ता उपकरणहरू विस्फोट गराउने धम्की समेत दिएको थियो।
यी प्रसारणहरू अघिल्लो पटक लगभग छ वर्ष रोकिएको अवस्थामा थिए, तर गत वर्ष जुनमा उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुनहरू दक्षिणमा पठाइन थालेपछि फेरि सुरु गरिएको थियो।
हालका वर्षहरूमा यस्ता प्रसारणहरूमा दुवै कोरियाका समाचारहरू, प्रजातन्त्रको बारेमा जानकारी, र दक्षिण कोरियाको जीवनशैलीबारे सामग्री समावेश गरिएको थियो।
अघिल्ला राष्ट्रपति युन सुक-योलको कार्यकालमा दुई देशबिचको सम्बन्ध अत्यन्तै बिग्रिएको थियो। युन उत्तर कोरियाप्रति कडा धारणा राख्ने नेताको रूपमा चिनिन्थे।
तर युनलाई गत डिसेम्बरमा ‘राष्ट्रविरोधी शक्तिहरू’ र उत्तर कोरियाप्रति सहानुभूति राख्नेहरूबाट खतरा रहेको भन्दै देशमा संक्षिप्त रूपमा मार्सल ल लागू गरेपछि महाभियोग लगाएर हटाइएको थियो।
उनका उत्तराधिकारी लि जे-म्युङले उत्तर कोरियासँग संवाद पुनः सुरु गर्ने र तनाव घटाउने प्रतिवद्धता गरेका थिए। ‘कोरियन प्रायद्वीपमा शान्ति कायम गर्ने र अन्तरकोरियाली सम्बन्धमा विश्वास पुनःस्थापना गर्ने उद्देश्यले’ यस्तो निर्णय गरिएको सेनाले जनाएको छ।
यद्यपि, उत्तर कोरियाली मानवअधिकार सुधारका लागि काम गर्ने विभिन्न संस्थाहरूले यो निर्णयको आलोचना गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण