१२ बजे १२ समाचार: बजेट खर्चमा उद्योग मन्त्रालय अन्तिम, राष्ट्रिय गौरवको आयोजनामा ‘शून्य बजेट’

समाचार सारांश
- संघीय मन्त्रालयको बजेट खर्चमा भिन्नता, उद्योग मन्त्रालयको खर्च सबैभन्दा कम।
- राष्ट्रिय गौरवका ९ आयोजनाका लागि बजेट शून्य, नेप्से पुनर्संरचनापछि नयाँ एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढ्ने।
- काठमाडौंमा २ करोडको हिरा, सुनसहित चार जना पक्राउ, दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी, र अनेरास्ववियुको २४औं महाधिवेशन सुरु।
काठमाडौँ । रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–
१. बजेट खर्चमा उद्योग मन्त्रालय अन्तिम
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म संघीय सरकारका मन्त्रालयहरूको बजेट खर्चमा ठूलो भिन्नता देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार केही मन्त्रालयले विनियोजित बजेटको तीन चौथाइभन्दा बढी खर्च गर्दा विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको खर्च भने निराशाजनक देखिएको छ ।
२. राष्ट्रिय गौरवका आयोजनामा ‘शून्य बजेट’
राष्ट्रिय गौरवका ९ वटा आयोजनाका लागि संघीय सरकारबाट शून्य बजेट विनियोजन भएको छ । सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा राष्ट्रिय गौरवमा सूचीकृत २७ मध्ये ९ आयोजनामा कुनै पनि बजेट विनियोजन भएनन् ।
३. नेप्सेको पुनर्संरचना
नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनापछि मात्रै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सिवाकोटी नेतृत्वको तीन सदस्यीय समितिले तयार पारेको प्रतिवेदन धितोपत्र बोर्डको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो ।
४. २ करोड मूल्य बराबरको हिरा र सुनका गहनासहित चार जना पक्राउ
प्रहरीले काठमाडौँको न्युरोडबाट २ करोड भन्दा बढी मूल्य बराबरको हिरा, चाँदी र सुनका गहना बरामद गरेको छ ।
अवैध तरिकाले कारोबार गरेको सूचनाको आधारमा गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनका अनुसार सामानको मूल्य करिब २ करोड १ लाख हुन आउँछ ।
५. पाठकविरुद्ध पक्राउ पुर्जी
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
६. भ्रष्टाचार
काठमाडौँ महानगरपालिकामा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
७. न्यायालय
संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला अब असार १८ मा आउने भएको छ ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बिहीबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा चलायो । यसैक्रममा पतञ्जली कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंहविरुद्ध पनि मुद्दा चलाइयो ।
८. काज फिर्ता
गृह मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ कर्मचारीको काज फिर्ता गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार ती कर्मचारीको काज फिर्ता गरिएको हो ।
९.संसद् बैठक
प्रतिनिधिसभा बैठक बिहीबार २९ गते दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै आएका विपक्षीले आज पनि अवरोध गरेपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी भोलि दिउँसो तीन बजेसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।
१०. रातोपाटी सर्वेक्षण
नेपालमा १३ वर्षदेखि २८ वर्ष उमेर समूहका ‘जेन–जी’ पुस्ताको पहिलो रोजाइको नेतामा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह रहेको पाइएको छ । सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी रातोपाटीले जेन–जी पुस्ताका एक हजार १९ जनासँग गरेको मत सर्वेक्षणमा बालेन पहिलो रोजाइको नेता देखिएका हुन् ।
११. कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ ।
सरुवा भए पनि कर्मचारीहरुलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासो पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीहरुलाई भनेका थिए ।
१२. अनेरास्ववियु २४ औँ महाधिवेशन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
-
तीनकुने घटना: बीस हजार धरौटीमा छुटे पुष्कर खतिवडा, अन्य काे–काे छुटे ?