दक्षिण अफ्रिका आएको बाढीले स्कुल बस बगायो, बाढीका कारण ४९ जनाको मृत्यु
बिहीबार, २९ जेठ २०८२, ०१ : ३५
सारांश
- दक्षिण अफ्रिकाको पूर्वी प्रान्तमा मुसलधारे वर्षापछि आएको बाढीमा ४९ जनाको मृत्यु भएको छ।
- बाढीले स्कुल बस बगाउँदा बस चालकसहित आठ जनाको शव निकालिएको छ, भने केही विद्यार्थीलाई उद्धार गरिएको छ।
- बाढी र हिमपातका कारण सयौँ मानिस विस्थापित भएका छन् र अस्थायी आश्रयस्थलमा बसिरहेका छन्।
काठमाडौँ। दक्षिण अफ्रिकाको पूर्वी प्रान्तमा परेको मुसलधारे वर्ष पछि आएको बाढीमा ४९ जनाको मृत्यु भएको छ।
पानी सँगै आएको बाढीले मंगलबार एक स्कुल बससमेत बगाएको अफ्रिकी अधिकारीले जनाएका छन्। एक अधिकारीले न्यूजरूम अफ्रिका नामक टिभी च्यानललाई बताएअनुसार बस चालकसहित जम्मा आठ जनाको शव निकालिएको छ।
अन्य अधिकारीहरूले मंगलबार तीन जना विद्यार्थीलाई उद्धार गरिएको बताएका छन् भने बसमा कति विद्यार्थी सवार थिए भन्ने अझै स्पष्ट छैन। अन्यको खोजी कार्य जारी रहेको छ।
पूर्वी केप प्रान्तकामा आएको बाढी र केही भागहरूमा परेको भारी हिमपातका कारण पूर्वी केप प्रान्तका सयौँ मानिसहरू विस्थापित भएका छन् र अस्थायी आश्रय स्थलहरूमा बसिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण