दक्षिण अफ्रिका आएको बाढीले स्कुल बस बगायो, बाढीका कारण ४९ जनाको मृत्यु
बिहीबार, २९ जेठ २०८२, ०१ : ३५

समाचार सारांश
- दक्षिण अफ्रिकाको पूर्वी प्रान्तमा मुसलधारे वर्षापछि आएको बाढीमा ४९ जनाको मृत्यु भएको छ।
- बाढीले स्कुल बस बगाउँदा बस चालकसहित आठ जनाको शव निकालिएको छ, भने केही विद्यार्थीलाई उद्धार गरिएको छ।
- बाढी र हिमपातका कारण सयौँ मानिस विस्थापित भएका छन् र अस्थायी आश्रयस्थलमा बसिरहेका छन्।
काठमाडौँ। दक्षिण अफ्रिकाको पूर्वी प्रान्तमा परेको मुसलधारे वर्ष पछि आएको बाढीमा ४९ जनाको मृत्यु भएको छ।
पानी सँगै आएको बाढीले मंगलबार एक स्कुल बससमेत बगाएको अफ्रिकी अधिकारीले जनाएका छन्। एक अधिकारीले न्यूजरूम अफ्रिका नामक टिभी च्यानललाई बताएअनुसार बस चालकसहित जम्मा आठ जनाको शव निकालिएको छ।
अन्य अधिकारीहरूले मंगलबार तीन जना विद्यार्थीलाई उद्धार गरिएको बताएका छन् भने बसमा कति विद्यार्थी सवार थिए भन्ने अझै स्पष्ट छैन। अन्यको खोजी कार्य जारी रहेको छ।
पूर्वी केप प्रान्तकामा आएको बाढी र केही भागहरूमा परेको भारी हिमपातका कारण पूर्वी केप प्रान्तका सयौँ मानिसहरू विस्थापित भएका छन् र अस्थायी आश्रय स्थलहरूमा बसिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
-
तीनकुने घटना: बीस हजार धरौटीमा छुटे पुष्कर खतिवडा, अन्य काे–काे छुटे ?
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी