चीनसँग दुर्लभ धातुबारे सम्झौता भएको ट्रम्पको दाबी
सारांश
- अमेरिका र चीनबीचको सम्बन्ध सुधारका लागि सम्झौता भएको छ, जसमा दुर्लभ धातुको आपूर्ति र भिसा खारेजीको धम्की फिर्ता लिने सहमति भएको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार यो सम्झौता चीन र अमेरिका दुवै देशका प्रतिनिधिहरूको अन्तिम अनुमोदनको पर्खाइमा छ।
- दुई देशबीच लन्डनमा भएको दुई दिने छलफलपछि यो सम्झौता भएको हो, यसअघि दुवै देशले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका थिए।
वासिङ्टन डीसी । अमेरिका र चीनबिच चिसिएको सम्बन्धमा तातोपनाको सङ्केत देखिएको छ । दुई देशले एउटा सम्झौता गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।
उनका अनुसार अमेरिकी कम्पनीलाई चुम्बक र दुर्लभ धातु उपलब्ध गराउने चीन सहमत भएको छ । यसको सट्टामा अमेरिकाले चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने धम्की फिर्ता लिने भएको छ ।
‘हामीले चीनसँग सम्झौता गरेको छौँ, यसलाई सी र मैले अन्तिम अनुमोदन गर्न बाँकी छ ।’ टु«थ सोसलमा एउटा पोस्टमा ट्रम्पले लेखेका छन् । लन्डनमा दुई देशका प्रतिनिधिबिच दुई दिनसम्मको बहसपछि यो सहमति भएको हो ।
मेमा युद्धविराममा सहमति जनाएयता दुवै देशले एक अर्कामाथि सोको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका थिए । पोस्टमा ट्रम्पले सम्झौताका बारेमा खासै धेरै जानकारी दिएका छैनन् । बिहीबार ट्रम्पले विश्वभरका देशहरूमाथि एकतर्फी ट्यारिफ लगाउने भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण