शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

चीनसँग दुर्लभ धातुबारे सम्झौता भएको ट्रम्पको दाबी

बिहीबार, २९ जेठ २०८२, ०९ : २२
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • अमेरिका र चीनबीचको सम्बन्ध सुधारका लागि सम्झौता भएको छ, जसमा दुर्लभ धातुको आपूर्ति र भिसा खारेजीको धम्की फिर्ता लिने सहमति भएको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार यो सम्झौता चीन र अमेरिका दुवै देशका प्रतिनिधिहरूको अन्तिम अनुमोदनको पर्खाइमा छ।
  • दुई देशबीच लन्डनमा भएको दुई दिने छलफलपछि यो सम्झौता भएको हो, यसअघि दुवै देशले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका थिए।

वासिङ्टन डीसी । अमेरिका र चीनबिच चिसिएको सम्बन्धमा तातोपनाको सङ्केत देखिएको छ । दुई देशले एउटा सम्झौता गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् । 

उनका अनुसार  अमेरिकी कम्पनीलाई चुम्बक र दुर्लभ धातु उपलब्ध गराउने चीन सहमत भएको छ । यसको सट्टामा अमेरिकाले चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने धम्की फिर्ता लिने भएको छ । 

‘हामीले चीनसँग सम्झौता गरेको छौँ, यसलाई सी र मैले अन्तिम अनुमोदन गर्न बाँकी छ ।’ टु«थ सोसलमा एउटा पोस्टमा ट्रम्पले लेखेका छन् । लन्डनमा दुई देशका प्रतिनिधिबिच दुई दिनसम्मको बहसपछि यो सहमति भएको हो । 

मेमा युद्धविराममा सहमति जनाएयता दुवै देशले एक अर्कामाथि सोको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका थिए । पोस्टमा ट्रम्पले सम्झौताका बारेमा खासै धेरै जानकारी दिएका छैनन् । बिहीबार ट्रम्पले विश्वभरका देशहरूमाथि एकतर्फी ट्यारिफ लगाउने भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप