अहमदाबाद विमान दुर्घटना : एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले के भने ?

काठमाडाैँ। एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनामा शोक व्यक्त गरेका छन्। उनको बयान टाटा समूहले आफ्नो आधिकारिक एक्स खातामा पोस्ट गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो।
टाटा समूहले एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनलाई ट्विटरमा उद्धृत गर्दै भनेको छ , ‘धेरै दुःखका साथ म पुष्टि गर्छु कि अहमदाबादबाट लन्डन गेटविकका लागि उडान नम्बर १७१ आज दुर्घटनामा परेको छ। यस भयानक दुर्घटनाबाट प्रभावित परिवार र प्रियजनहरूसँग हाम्रो गहिरो समवेदना छ।’
एन चन्द्रशेखरनले भने, ‘अहिले हाम्रो प्राथमिकता सबै प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारहरूलाई सहयोग प्रदान गर्नु हो। हामी घटनास्थलमा उपस्थित आपतकालीन प्रतिक्रिया टोलीहरूलाई मद्दत गर्न र दुर्घटनाका पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न हरसम्भव प्रयास गरिरहेका छौँ।’
‘थप अपडेटहरू साझा गरिनेछ। आपतकालीन केन्द्र सक्रिय गरिएको छ र जानकारी आवश्यक पर्ने परिवारहरूको लागि सहयोग टोलीहरू स्थापना गरिएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
-
गृह र सामान्य प्रशासन सचिवद्वारा दरबन्दी बेगर कर्मचारी राखेको स्वीकार
-
कृषि, पर्यटन र पुरातत्वको उपत्यका ‘चित्लाङ’
-
प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
-
ब्रेन्टफोर्डका थोमस फ्राङ्क बने टोटनह्यामको नयाँ म्यानेजर
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने