अहमदाबाद विमान दुर्घटना : एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले के भने ?
काठमाडाैँ। एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनामा शोक व्यक्त गरेका छन्। उनको बयान टाटा समूहले आफ्नो आधिकारिक एक्स खातामा पोस्ट गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो।
टाटा समूहले एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनलाई ट्विटरमा उद्धृत गर्दै भनेको छ , ‘धेरै दुःखका साथ म पुष्टि गर्छु कि अहमदाबादबाट लन्डन गेटविकका लागि उडान नम्बर १७१ आज दुर्घटनामा परेको छ। यस भयानक दुर्घटनाबाट प्रभावित परिवार र प्रियजनहरूसँग हाम्रो गहिरो समवेदना छ।’
एन चन्द्रशेखरनले भने, ‘अहिले हाम्रो प्राथमिकता सबै प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारहरूलाई सहयोग प्रदान गर्नु हो। हामी घटनास्थलमा उपस्थित आपतकालीन प्रतिक्रिया टोलीहरूलाई मद्दत गर्न र दुर्घटनाका पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न हरसम्भव प्रयास गरिरहेका छौँ।’
‘थप अपडेटहरू साझा गरिनेछ। आपतकालीन केन्द्र सक्रिय गरिएको छ र जानकारी आवश्यक पर्ने परिवारहरूको लागि सहयोग टोलीहरू स्थापना गरिएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण