२० अर्ब भन्दा बढी रकम गायब भएको छैन : नेपाल बैङ्क
काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले केही सञ्चार माध्यममा सार्वजनिक गरिएको “२० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको“ भन्ने समाचारप्रति आपत्ति जनाएको छ ।
बैङ्कले एक विज्ञप्तिमार्फत सार्वजनिक समाचार भ्रामक, झुटो र तथ्यहीन भएको स्पष्ट पारेको छ । विज्ञप्तिमा बैङ्कले आफ्नो सम्पूर्ण आर्थिक गतिविधि नेपाल राष्ट्र बैङ्कको निर्देशन तथा नेपालका प्रचलित कानूनअनुसार नै सञ्चालन हुँदै आएको जनाउँदै नियामक निकायसँग नियमित रूपमा सम्पर्क र प्रतिवेदन आदानप्रदान भइरहने उल्लेख गरेको छ ।
नेपाल बैङ्कले त्रैमासिक र वार्षिक वित्तीय विवरणहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको र लेखा परीक्षण प्रक्रियाबाट समेत पारित वित्तीय अभिलेख सार्वजनिक डोमेनमा उपलब्ध रहेको जानकारी दिएको छ ।
“बैङ्कले सदैव नियामक निकायको नीति तथा निर्देशनहरू पालना गर्दै आएको छ र वित्तीय रूपमा पूर्ण सुदृढ छ,“ विज्ञप्तिमा भनिएको छ ।बैङ्कले यस्ता भ्रामक समाचारमा विश्वास नगर्न आम सर्वसाधारण, ग्राहक वर्ग, सञ्चारकर्मी तथा सरोकारवाला सबैमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण