नारायणकाजी श्रेष्ठद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
बिहीबार, २९ जेठ २०८२, १९ : ३९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बिहीबार २४२ यात्रु सवार एयर इण्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त भएको थियो । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विमानमा रहेका भारत सहित विभिन्न देशका यात्रु तथा चालक दलका सबै कर्मचारी र भारत सरकारप्रति पीडाको क्षणमा समभाव प्रकट गरेका छन् ।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो। विमानमा सवार २४२ जनामध्ये यात्रुहरुमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण