एयर इण्डियाको विमान दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दुःख व्यक्त
बिहीबार, २९ जेठ २०८२, २० : ५३

काठमाडौँ । भारतको अहमदाबादस्थित विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शर्माले दुर्घटनामा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले लेखेका छन्, ’एयर इण्डियाको विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । यस दुःखद घटनामा ज्यान गुमाउनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना !’
दैनिक भास्करका अनुसार, विमानमा यात्रारत २४० व्यक्तिको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाइसेन्स पासको सेटिङ - अख्तियारले समात्यो कर्मचारी र बिचौलिया
-
अदालतमा प्रसाईँको दाबी : ‘चरीजस्तै मारिन्छु भन्ने थाहा पाएपछि ज्यान जोगाउन भारत भागेँ’
-
राजतन्त्र होइन उन्नत व्यवस्था खोजिरहेछन् जनता
-
भिजिट भिसामा विदेश गएकाहरूकाे विषयमा श्वेतपत्र सार्वजनिक गर्न माग
-
कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा
-
लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ