एयर इण्डियाको विमान दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दुःख व्यक्त
बिहीबार, २९ जेठ २०८२, २० : ५३
काठमाडौँ । भारतको अहमदाबादस्थित विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शर्माले दुर्घटनामा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले लेखेका छन्, ’एयर इण्डियाको विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । यस दुःखद घटनामा ज्यान गुमाउनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना !’
दैनिक भास्करका अनुसार, विमानमा यात्रारत २४० व्यक्तिको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण