मौलिक सञ्चार सिद्धान्तसम्बन्धी संगोष्ठी सम्पन्न: दुई दर्जन कार्यपत्र प्रस्तुत
सारांश
- काठमाडौं विश्वविद्यालयको भाषा तथा आमञ्चार विभागले मौलिक दर्शनमा आधारित सञ्चार सिद्धान्तसम्बन्धी राष्ट्रिय संगोष्ठी आयोजना गर्यो।
- संगोष्ठीमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरूले अनुसन्धान पत्रहरू प्रस्तुत गरे।
- कार्यक्रममा इन्डोनेसियाकी डा. नि गुस्ती आयु केतुत कुर्नीयासारीले पूर्वीय दर्शनमा आधारित अनुसन्धानबारे चर्चा गरिन्।
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय, भाषा तथा आमञ्चार विभागले मौलिक दर्शनमा आधारित सञ्चार सिद्धान्तसम्बन्धी एकदिने राष्ट्रिय सङ्गोष्ठी सम्पन्न गरेको छ । सङ्गोष्ठीमा विद्यावारिधि शोधार्थी तथा स्नातकोत्तर र स्नातक तहका विद्यार्थीद्वारा दुई दर्जन अनुसन्धान–पत्र प्रस्तुत गरिए ।
विभागीय प्रमुख डा. निर्मलमणि अधिकारीले अध्यक्षता गरेको संगोष्ठीको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी प्रमुख अतिथि तथा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ र स्कुल अफ आर्टस्का एशोसियट डिन डा. उद्धव प्याकुरेल विशेष अतिथिका रूपमा सहभागी भए ।
कार्यक्रममा बीज वक्ताका रूपमा अनलाइनमार्फत सहभागी भएर बोल्दै इन्डोनेसियाको जकार्तास्थित बुडी लुहर युनिभर्सिटीकी अध्यापक डा. नि गुस्ती आयु केतुत कुर्नीयासारीले पूर्वीय दर्शनमा आधारित मौलिक अनुसन्धान तथा सञ्चार सिद्धान्तबारे चर्चा गरिन् ।
एशोसियट प्रोफेसर डा. सुधांशु दाहाल, डा. रामचन्द्र पौडेल, स्कुल अफ एजुकेसनका असिस्टेन्ट प्रोफेसर डा. सिद्धार्थ ढुंगाना, सहिष्णु पौड्याल, तृष्णा आचार्य लगायतले विभिन्न सत्रको अध्यक्षता एवम् अनुसन्धान पत्रमाथि टिप्पणी गरे ।
स्नातक विद्यार्थीले समूहगत र स्नातकोत्तर तथा विद्यावारिधि तहकाले व्यक्तिगतरुपमा ३८ जनाद्वारा दुई दर्जन अनुसन्धान–पत्र प्रस्तुत गरिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण