नेपाल र चीनबिचको मित्रता नयाँ युगमा प्रवेश : परराष्ट्रमन्त्री राणा

समाचार सारांश
- परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल र चीनबीचको मित्रता नयाँ युगमा प्रवेश गरेको बताइन्।
- मन्त्री आरजुले पारस्परिक विश्वास र सहयोगमा आधारित सम्बन्धलाई सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
- कार्यक्रममा नेपाल-चीन सम्बन्धबारे विभिन्न विज्ञहरुले आ-आफ्ना विचार राखेका थिए।
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र चीन बिचको परम्परागत मित्रता नयाँ युगमा प्रवेश गरिरहेको बताएकी छिन् ।
परराष्ट्र मन्त्रालयको आयोजनामा ‘प्रोफेसर यादुनाथ खनाल लेक्चरल सिरिज’ कार्यक्रमको समापन गर्दै मन्त्री आरजुले आगामी दिनमा पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र चीनबिचको सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता जनाइन् ।
नेपाल–चीन सम्बन्धको विकासशील यात्रालाई स्मरण गर्दै उनले प्राध्यापक यादुनाथ खनालको स्वतन्त्र, सन्तुलित र यथार्थपरक कूटनीतिक दृष्टिकोणमा आधारित रहेको बताइन् । सो अवसरमा परराष्ट्र मन्त्रालयले “दक्षिण एसियाको सन्दर्भमा नेपाल–चीन सम्बन्ध: अवसर, चुनौती र आगामी बाटो“ शीर्षकमा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा परराष्ट्र विज्ञ एवं प्राध्यापक जयराज आचार्य र चीनको चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजका निर्देशक डा. याङ छेनसीले प्रमुख वक्ताका रूपमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका नागरिकको प्रतिव्यक्ति आय बढ्यो, यो वर्ष १६२० डलर पुग्ने
-
बजेट प्रस्तुत हुनुअघि नै कर्णालीमा विवाद : ‘योजना बैङ्क’ लाई लिएर प्रतिपक्ष माओवादीको आपत्ति
-
गण्डकीको बजेट भाषण सुरु
-
प्रतिपक्षीको विरोधकै बिच प्रतिनिधिसभा सञ्चालन, ‘रेफ्री’को भूमिकाका सभामुखमाथि प्रश्न
-
मलेसियामा आरभले जिते तीन उपाधि
-
जसपाकाे सङ्घीय परिषद् बैठक असार ६ र ७ गते बस्ने