शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः शेखर कोइराला

शुक्रबार, ३० जेठ २०८२, १६ : ५६
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • डा. शेखर कोइरालाले सरकारलाई विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला नगर्न आग्रह गरे।
  • उनले बक्यौता नउठाए देश र प्राधिकरणको अवस्था नाजुक हुने चेतावनी दिए।
  • ऊर्जा मन्त्री दिपक खड्काले विद्युत ऐन चाँडै संसदबाट पास हुने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न नहुने बताएका छन् । 

शुक्रबार काठमाडौँमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औँ महाधिवेशन उद्घाटन गर्दै कोइरालाले विद्युत् प्राधिकरणको बक्यौता छिटो भन्दा छिटो उठाउनुपर्ने बताएका हुन् । उनले बक्यौता उठाएन भने प्राधिकरण र देशको अवस्था नाजुक हुने बताए । 

उठाउनुपर्ने पैसा चाहिँ नउठाउने अनि प्राधिकरण धराशायी हुँदैछ भन्ने कुरा गलत भएको उनको भनाइ छ । प्राधिकरणले व्यवसायीक घरानाबाट कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने देखिएको उनले बताए  ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले विद्युत् ऐन चाँडो संसदबाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिस्कृत गर्दै लैजाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप