सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः शेखर कोइराला
शुक्रबार, ३० जेठ २०८२, १६ : ५६
सारांश
- डा. शेखर कोइरालाले सरकारलाई विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला नगर्न आग्रह गरे।
- उनले बक्यौता नउठाए देश र प्राधिकरणको अवस्था नाजुक हुने चेतावनी दिए।
- ऊर्जा मन्त्री दिपक खड्काले विद्युत ऐन चाँडै संसदबाट पास हुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औँ महाधिवेशन उद्घाटन गर्दै कोइरालाले विद्युत् प्राधिकरणको बक्यौता छिटो भन्दा छिटो उठाउनुपर्ने बताएका हुन् । उनले बक्यौता उठाएन भने प्राधिकरण र देशको अवस्था नाजुक हुने बताए ।
उठाउनुपर्ने पैसा चाहिँ नउठाउने अनि प्राधिकरण धराशायी हुँदैछ भन्ने कुरा गलत भएको उनको भनाइ छ । प्राधिकरणले व्यवसायीक घरानाबाट कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने देखिएको उनले बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले विद्युत् ऐन चाँडो संसदबाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिस्कृत गर्दै लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण