विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँ : शिक्षामन्त्री पन्त

समाचार सारांश
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तीर्ण नभई एनओसी दिन नहुने बताए।
- मन्त्री पन्तले कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीलाई देश बाहिर पठाउन नहुने र यस विषयमा बोल्ड निर्णय लिनुपर्ने बताए।
- मन्त्रीका अनुसार, विदेश जाने विद्यार्थीको संख्या बढ्दै गएकाले देशको भविष्य अन्धकारमय हुने चिन्ता व्यक्त गरे।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तीर्ण नभई एनओसी दिने नहुने बताएका छन् । सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् ।
उनले कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु नहुने बताए । उनले कक्षा १२ पास गर्दा उनीहरूको उमेर सानै हुने भएकाले सरकारले यसबारेमा सोच्न जरुरी रहेको बताए । सबै राजनीतिक दलहरू एकमत भएर बोल्ड निर्णय गर्न जरुरी रहेको बताए । डिप्लोमा नगरी विदेश अध्ययन गर्न जाने कुराले देशको भविष्य अन्धकार हुँदै गएको बताए ।
मन्त्री पन्तले भने, ‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु हुँदैन भन्ने मेरो मान्यता बलियो हुँदै गइरहेको छ । न उमेर पुगेको हुन्छ, भन्न मिल्छ कि मिल्दैन, कतिपय कन्सलटेन्सीहरुले १०,१२,१५ लाख लिएर कोरियामा जानसाथ यति लाखको जागिर पाइन्छ भनेर पठाइदिएका छन् । ती युनिभर्सिटीहरू राम्रा होइनन् भन्नेछ । रोक्न खोज्यो सकिएन । यो अवस्थामा हाम्रो उच्च शिक्षा छ । बैँकबाट हेर्दा १ खर्ब केही अर्ब पुग्ला तर अवैध रूपमा उनीहरूले लैजाने पैसाको हिसाब हेर्दा २ खर्ब गइरहेको छ । सकिन्छ सकिँदैन तर राष्ट्रले एकमत भएर बोल्ड निर्णय गर्नुपर्छ ।’
मन्त्री पन्तले भने– ‘एक्स्ट्रा ट्यालेन्ट छ, राम्रो युनिभर्सिटीबाट छात्रवृत्ति पाउँछ, प्लस टु गरे पनि पठाइदिउँ । तर होइन भने नपठाऔँ । १ करोड खर्च गर्नेलाई ट्रम्पले बोरा बोकाएर पठाएको त देखिहाल्नुभयो । सम्भव भएसम्म राजनीतिक दलहरूले एकमत भएर निर्णय गरेन भने एउटा मन्त्रीले मात्रै सक्दैन । यो प्लस टु पास गर्नासाथ विदेश जाने कुरा रोक्न । होइन भने देशको भविष्य ध्यानमा राख्ने हो भने कमसेकम डिप्लोमा पास नगरी एनओसी दिने कुरा रोक्नुपर्छ । अहिलेको परिस्थितिले त्यही देखाउँछ ।’
मन्त्री पन्तले विदेश मोहलाई नियन्त्रण गर्नुपर्ने बताए । मुलुक भित्रभित्रै खोक्रो बनिरहेको र त्यसलाई रिफर्म गर्ने शिक्षा मन्त्रालय रहेको बताए । विद्यार्थी पलायन हुनबाट रोक्नका लागि के गर्ने भन्नेमा आफू चिन्तित रहेको र राति निन्द्रासमेत नलाग्ने गरेको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित