सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
आइतबार, ०१ असार २०८२, १० : ४८

समाचार सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्य बढेर प्रति तोला १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य भने स्थिर रहेको छ, शुक्रबारकै मूल्यमा किनबेच भइरहेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बढेको जानकारी दिएको छ।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६९ हजार ३२५ रुपैयाँ कायम भएको छ ।
यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि स्थिर रहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँ शक्ति) को केन्द्रीय बैठकबाट ११ बुँदे राजनीतिक प्रस्ताव पारित
-
बेलायतको ओपन कन्सर्टमा अन्जु पन्त र खेम सेन्चुरीले नचाए दर्शक
-
लन्डनमा एक नेपाली युवा कार्यस्थलमा मृत फेला
-
पाँचथरको हेवाखोलामा पुल भाँचिदा ज्यान गुमाउनेहरु बाराका, घटनापछि गाउँमा शोक
-
सानो पाइला बचत तथा ऋण सहकारी ठगी : लामिछानेद्वारा सबै आरोप अस्वीकार
-
कर्मचारीलाई खेलकुद सचिव नियुक्ति प्रकरणः अदालतको ब्रेक