कीर्तिमानी रकममा विर्ट्जलाई भित्र्याउँदै लिभरपुल
सारांश
- लिभरपुलले जर्मन मिडफिल्डर फ्लोरियन विर्ट्जलाई १० करोड पाउन्डमा अनुबन्ध गर्न लागेको छ। यो ट्रान्सफर सफल भए विर्ट्ज लिभरपुलको रेकर्ड अनुबन्ध हुनेछन्।
- विर्ट्जको ट्रान्सफर रकम एड-अनसहित ११.६ करोड पाउन्डसम्म पुग्न सक्ने अनुमान छ। उनी सबैभन्दा महँगो जर्मन फुटबल खेलाडी बन्ने सम्भावना छ।
एनफिल्ड । फ्लोरियन विर्ट्ज ९ अंकको रकममा स्थानान्तरण हुने १० औँ खेलाडी बन्ने भएका छन् । लिभरपुलले बायर लेभरकुजनलाई जर्मन आक्रामक मिडफिल्डरका लागि १० करोड पाउन्ड खर्च गर्न तयार भएको हो ।
एड–अनहरुका साथ, लिभरपुलले विर्ट्जका लागि ११.६ करोड पाउन्डसम्म खर्च गर्नुपर्ने हुनसक्छ । यो स्थानान्तरण सफल भए, २२ वर्षीय खेलाडी लिभरपुलको रेकर्ड अनुबन्ध हुनेछन् भने सबैभन्दा महँगो जर्मन फुटबल खेलाडी तथा कुनै पनि बुन्डेस लिगा क्लबले सबैभन्दा उच्च मूल्यमा बिक्री गरेको खेलाडी बन्नेछन् ।
लिभरपुलसँग यसअघि नै अहिले विश्वकै दोस्रो सबैभन्दा महँगो गोलकिपर एलिसन र सेन्टर ब्याक भर्जिल भान डाइक छन् । बेलायतमा भने सबैभन्दा महँगो खेलाडी एन्जो फर्नान्डेज हुन् । चेल्सीले बेनफिकाका मिडफिल्डरका लागि १०.७ करोड पाउन्ड खर्च गरेको थियो । त्यसको ६ महिनापछि चेल्सीले १० करोड पाउन्डमा ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई खरिद गरेको थियो ।
विश्वको सबैभन्दा महँगो खेलाडीको कीर्तिमान नेयमारको नाममा छ । उनलाई सन् २०१७ पेरिस सेन्ट जर्मेनले बार्सिलोनाबाट २० करोड पाउन्डमा खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण