रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहीन भयो : सचिव भट्टराई
सारांश
- एमाले सचिव योगेश भट्टराईले रास्वपा नेतृत्वविहीन हुँदा अलमलिएको बताए।
- भट्टराईले रास्वपा युवा र उदयमान पार्टी भए पनि नेतृत्वविहीन हुँदा अन्योलमा परेको टिप्पणी गरे।
- उनले सांसद पद निलम्बनपछि पार्टी प्रमुखको हैसियतले औपचारिक कार्यक्रममा भाग लिन नपाउने बताए।
काठमाडौँ । नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्व विहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अलमलिएको बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरूले पनि सम्मान गरेको जिकिर गरेका हुन् ।
संसद्भित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताए । उनले पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको उनको भनाई थियो ।
उनले भने, ‘रास्वपा एउटा उदयमान पार्टीको रूपमा आएको छ । हामीले उहाँहरूलाई सम्मान गरेका छौँ । युवा साथीहरू हुनुहुन्छ । पढेलेखेको हुनुहुन्छ । अस्तिको घटना र आजको पनि घटनाले संसद्भित्र रास्वपा नेतृत्व विहीन अवस्थामा छ । रास्वपा नेतृत्व विहीन छ । जब पार्टी नेतृत्व विहीन हुन्छ, त्यो अन्योलमा पर्छ । रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो छ । उद्देश्य र गन्तव्यविहीन अवस्थामा उहाँहरू अवरोधमा सामेल हुनुहुन्छ ।’
सचिव भट्टराईले सांसद पद निलम्बनपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रूपमा कुनै पनि कार्यक्रममा भाग लिन नपाउने भए पनि पार्टीले दलको नेता वा पदबाट नहटाउने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण