अछाममा चट्याङ लाग्दा महिला घाइते, बाख्रा मरे
सोमबार, ०२ असार २०८२, ०९ : १७
धनगढी । अछाम जिल्लाको चौरपाटी गाउँपालिका–७ मार्कुमा गएराति चट्याङ लाग्दा तीनवटा बाख्राको मृत्यु भएको छ। यस्तै एक महिला सामान्य घाइते भएकी छिन्।
प्रहरीलाई प्राप्त जानकारी अनुसार राति करिब २ बजेतिर स्थानीय हर्क बहादुर बोगटीको घरमा चट्याङ पर्दा घरको गोठमा बाँधिएका तीनवटा बाख्रा घटनास्थलमै मरेका हुन्। सो चट्याङको असरले बोगटीकी श्रीमती अन्दाजी २५ बर्षीया की चन्द्रकला बोगटीको दाहिने खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी चौखुट्टेबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि) पदम सिंह साउदको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। असिना र चट्याङसहितको खराब मौसमका कारण स्थानीयवासीमा त्रास फैलिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण