जामाचोमा हराएका बालकको सेनाद्वारा उद्धार
सोमबार, ०२ असार २०८२, ११ : ४१
सारांश
- जेठ ३१ गते जामाचो हाइकिङ गएर हराएका १३ वर्षीय बालकको नेपाली सेनाले उद्धार गरेको छ।
- नागार्जुनस्थित भैरवीदल गणको टोलीले बालकलाई भिरबाट ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको थियो।
- सेनाले घटनास्थलमै प्राथमिक उपचार गरी थप उपचारका लागि उनलाई राष्ट्रिय ट्रमा सेन्टर पठाएको छ।
काठमाडौँ । परिवारसँग जामाचो हाइकिङ गएर फर्कने क्रममा जेठ ३१ देखि हराएका एक जना बालकको नेपाली सेनाले उद्धार गरेको छ । बालकको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । गोङ्गबु गणेशथानका १३ वर्षीय बालकलाई नागार्जुनस्थित भैरवीदल गणबाट खटिएको टोलीले भिरबाट ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार, बालक हराएको सूचना पाए लगत्तै नागार्जुनस्थित भैरवीदल गणबाट खोज तथा उद्धार टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा टोलीले बालकलाई भिरबाट करिब ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको थियो।
उद्धार टोलीले तत्काल घटनास्थलमै बालकलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाउन सहयोग गरेको सेनाले जानकारी दिएको छ। उनको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण