चार दिनपछि ग्वार्कोस्थित फ्लाइओभरबाटै गाडी चल्ने
सोमबार, ०२ असार २०८२, १२ : २२

समाचार सारांश
- ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन सञ्चालन हुने भएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले असार ६ गते फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
- सडक विभागका अनुसार मुख्य संरचना निर्माण सकिएपछि सवारीसाधन सञ्चालनको तयारी गरिएको छ।
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारी साधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए ।
यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
-
निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा
-
रास्वपालाई घाँडो हुँदै संसद्को आन्दोलन !
-
ग्राहक सङ्ख्या बढाउन इन्टरनेट कम्पनीको प्रतिस्पर्धा : कसको ग्राहक कति ?
-
संसद् अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छ : प्रचण्ड