शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आफ्नो स्वार्थ पुरा गर्न योजना बैँकलाई हतियार बनाइयो : सांसद बस्नेत

सोमबार, ०२ असार २०८२, १४ : ०१
सोमबार, ०२ असार २०८२

सारांश

  • सांसद शक्तिबहादुर बस्नेतले योजना बैंकबाट ४ हजार आयोजना हटाएको विषयमा प्रश्न उठाए। उनले बजेटले राष्ट्रिय आवश्यकता पूरा नगरेको र कार्यान्वयनमा प्रभावकारी नभएको बताए।
  • बस्नेतले ३ करोडभन्दा कमका आयोजना समावेश नगर्ने भनिए पनि, १० हजारसम्मका आयोजना समावेश भएको आरोप लगाए। उनले पुरानो आयोजनालाई निरन्तरता दिइएको र नयाँ आयोजनालाई सानो बजेट छुट्याएको बताए।
  • बस्नेतले बजेटमा गरिबी निवारण र पूर्वाधार विकासको विषय छुटेको र उत्पादन तथा उत्पादकत्व बढाउने विषयमा जोड नदिएको बताए।

काठमाडौँ । सांसद शक्तिबहादुर बस्नेतले योजना बैँकबाट ४ हजार आयोजना घटाएको बारे प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफलमा बोल्दै यस्तो प्रश्न गरेका हुन् ।

‘प्रोजेक्ट बैँकमा ४ हजार आयोजना घटायौँ भनेका छौँ कस्ता आयोजना हटायौँ ’ उनले प्रश्न गरे, ‘यसको अध्ययन हुनु पर्छ कि पर्दैन ?’  आफ्नो स्वार्थ पुरा गर्न योजना बैँकलाई हतियार बनाएको आरोप लगाए । साथै यो बजेटले राष्ट्रको आवश्यकता र जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।

बजेटको समग्र कार्यान्वयनमा प्रभावकारी नभएको बताए । साथै तीन करोडभन्दा कमका आयोजना समावेश नगर्ने भए पनि १० हजारसम्मका आयोजना समावेश भएको बताए । 

‘तीन करोडभन्दा तलको आयोजना बजेटमा समावेश नगर्ने भन्ने ल्याइयो । राम्रो कुरा गरिराख्नुभएको छ । सत्यलाई छोप्ने कोसिस नगर्नुस्,’उनले भने, ‘तीन करोडभन्दा तलका आयोजना छैनन् भन्नु भएको छ । मैले एउटा किताब लिएर आएको छु । आधाभन्दा धेरै तीन करोडभन्दा तल होइन २०/२५ लाखका आयोजना समावेश गरिएको छ । सहरी मन्त्रालयमा २०/२५ लाखका छन् अरू मन्त्रालयमा जाने हो भने यीभन्दा थोरैका बजेट छन् । १० लाख, ५ लाख १ लाख, १० हजारका पनि छन् ।’ पुराना आयोजना निरन्तरता गर्न होइन नयाँ आयोजनालाई नै सानो बजेट छुट्टाइएको तर्क गरे । 

गरिबी निवारणको सन्दर्भमा पूर्वाधार विकासको सन्दर्भमा बजेटमा समावेश हुन नसकेको उनको भनाइ छ  । ‘न त उत्पादन र उत्पादकको कुरा गरेको छ । भौतिक पूर्वाधारबाट उत्पादन र उत्पादकत्व बढाउने विषय जोडिएको कतै देखिँदैन,’ उनले भने ,‘आयोजना बैँकबाट कसको क्षेत्रबाट हटाइएको छ । कसको क्षेत्रलाई निरन्तर गरिएको छ जान्न जरुरी छ  । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप