राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
सोमबार, ०२ असार २०८२, १७ : २५
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा मन्त्री दीपक खड्कासँग जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिनुभयो।
- पौडेलले तनहुँ हाइड्रो परियोजनाको प्रगति विवरणबारे जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभयो।
- राष्ट्रपतिले तल्लो सेती परियोजनाको कार्यान्वयनका लागि मन्त्री खड्कालाई निर्देशन दिनुभयो र जलविद्युत विकासमा चासो देखाउनुभयो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।
सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिएका हुन् । पौडेलले १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको स्वकीय सचिवालयले जनाएको छ ।
यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेगावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वयनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिएका छन् । राष्ट्रपति पौडेलले जलविद्युत परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राख्नुभएको स्वकीय सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण