राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
सोमबार, ०२ असार २०८२, १७ : २५

समाचार सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा मन्त्री दीपक खड्कासँग जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिनुभयो।
- पौडेलले तनहुँ हाइड्रो परियोजनाको प्रगति विवरणबारे जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभयो।
- राष्ट्रपतिले तल्लो सेती परियोजनाको कार्यान्वयनका लागि मन्त्री खड्कालाई निर्देशन दिनुभयो र जलविद्युत विकासमा चासो देखाउनुभयो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।
सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिएका हुन् । पौडेलले १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको स्वकीय सचिवालयले जनाएको छ ।
यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेगावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वयनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिएका छन् । राष्ट्रपति पौडेलले जलविद्युत परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राख्नुभएको स्वकीय सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु