‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’
सारांश
- पछिल्लो समय तरकारी उत्पादन बढेकाले मूल्य घटेको छ र व्यापारीहरूलाई बिक्री गर्न समस्या भएको छ।
- अन्य खेती छाडेर तरकारी खेतीमा लागेका किसानका कारण बजारमा तरकारीको आपूर्ति बढेको हो।
- बजारमा तरकारी नबिकेर कुहिन थालेको छ, जसले गर्दा व्यापारी र किसान दुवैलाई घाटा भइरहेको छ।
काठमाडौँ । पछिल्लो समय उत्पादन बढी हुँदा तराकारी सस्तो हुनुका साथै विक्री गर्न समेत व्यापारीलाई हम्मे हम्मे पर्न थालेको छ । अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरूले बताए ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आएका चेतबहादुर थिङले तरकारी उत्पादन धेरै भएपछि तरकारीको मूल्य न्यून भएको र बेच्न समेत नसक्ने अवस्था आएको जानकारी दिए । उनका अनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि उत्पादन बढी भएको बताए ।
धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रने गरेको छ । खेतबारीको तरकारी सिध्याएपछि असार साउनबाट भाउ बढ्न सक्ने सम्भावना छ । लौका १५–२० रुपैयाँ, करेला २०–२५ रुपैयाँ, बोडी १५–२० रुपैयाँमा बेच्नु परेको कुनै भाउ छैन । न व्यापारीलाई फाइदा न किसानलाई ।
व्यापारीहरूका अनुसार अहिले तरकारी नबिकेर कुहिएर फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरूलाई ठुलो मात्रामा घाटा लागिरहेको उनीहरूको भनाई छ । कालिमाटीमा व्यापार गर्दै आउनुभएका अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताए ।
उनले भने–‘नेपालमा पनि उत्पादन बढी छ अहिले । बजार पनि धेरै भयो । व्यापारिक स्टलहरू पनि ठाउँ ठाउँमा भए । जहाँ-त्यहीँ स्टलहरू छन् । सस्तो भएपछि मान्छेले खान मन पराउँदैनन् । त्यही भएर होला तरकारी नबिकेको ।’
देशको अवस्था समेत ठिक नभएका कारण मान्छेको क्रय शक्ति कमजोर भएका कारण तरकारी बिक्री नभएको कार्कीको बुझाइ छ । तरकारीसँगै फलफूलको मूल्यसमेत गत वर्षको भन्दा सस्तो रहेको कालिमाटीका व्यापारीहरूको भनाई रहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि लोकल गोलभेँडा २९, ठुलो गोलभेँडा ९५, मकैबोडी ४६, मटरकोशा १५२, लौका १७, घिरौँला ३२, रायो साग ४२ र न्युरो प्रतिकिलो २८ रुपैयाँ तोकेको छ भने कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार कुरिलो प्रतिकिलो ३०० रुपियाँ तोकेको छ । त्यस्तै, कन्य च्याउको भाउ १ सय ४५ रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण