बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसद् अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छ : प्रचण्ड

मङ्गलबार, ०३ असार २०८२, १३ : ०७
मङ्गलबार, ०३ असार २०८२

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद अवरोधबारे सत्तारुढ दलहरूको फरक धारणा रहेको बताए।
  • दाहालले सरकार संसदमा विचाराधीन कानुन निर्माण प्रक्रिया अघि नबढोस् भन्ने चाहन्छ र अवरोध कायम रहोस् भन्ने धारणा राखेको आरोप लगाए।
  • उनले संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन र टीआरसी सम्बन्धी बाँकी कामहरू टुंग्याउनुपर्नेमा जोड दिए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई संसद्को अवरोध नखुले हुन्थ्यो भन्ने चाहना रहेको टिप्पणी गरेका छन् । मंगलबार चितवनमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले संसद्मा विचाराधीन कानुन निर्माण प्रक्रियामा अघि नबढ्न संसद् अवरोध रहिरहोस् भन्ने सरकारको चाहना रहेको टिप्पणी गरेका हुन् । 

उनले भने, ‘अहिले संसद्मा विचाराधीन ऐनहरूको बारेमा काँग्रेस र एमाले सरकारमा छन्, जेसुकै गरुन् भन्यो भने उनीहरू नगर्ने पक्षमा छन् । तपाईँहरूले अहिलेको अवरोधको कुरा हेर्नुभयो भने यो अवरोध रहिरहोस् भन्ने यो सरकारको नेतृत्व चाहन्छ । यो अवरोध नखुले हुन्थ्यो भन्ने चाहाना छ । यो प्रवृत्ति कस्तो छ भन्ने कुरा तपाईँहरूले हेर्नुभएको छ ? यस्तो परिस्थितिमा ऐन बनाउने र शिक्षा क्षेत्रमा देखिएका अराजकताको अन्त्य गर्ने जिम्मेवारी पनि भएको कारणले प्रतिपक्ष छु, कानुन, संविधान र देश जेसुकै होउन् भन्यो भने संविधान नै खतरामा पर्ने सङ्केत मैले देखिरहेको हुन्छु ।’

उनले सङ्घीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी बाँकी रहेका कानुनी कार्यहरू टुङ्ग्याउनु आफूहरूको जिम्मेवारी भएको कारण सहमतिमार्फत अघि बढेको समेत बताए । 

उनले भने, ‘सङ्घीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नगरिकतासम्बन्धी ऐन र टीआरसीसम्बन्धी बाँकी कामहरू टुङ्ग्याउनुपर्ने विषयहरूप्रति म जिम्मेवार भएर सोच्ने परिवर्तनको वाहक पार्टी भएको हुनाले र त्यसको प्रमुख नेतृत्व हुनुको नाताले मैले केही आधार बनाएर ऐन निर्माणलाई प्राथमिकता दिनुपर्ने र छानबिनको कुरा नछोडीकन यो जिम्मेवारी पूरा गर्नुपर्ने भएको कारणले र हाम्रो पार्टीले नै गर्नुपर्ने भएको कारण छानबिन र अध्ययनलाई गम्भीरतापूर्वक अगाडि बढाउने र ३० दिनभित्र छानबिन समिति बनाउने प्रतिबद्धता आएपछि हामीले ऐन निर्माण गर्नुपर्ने जिम्मेवारीबोध गरेर हामीले अघि बढ्न उचित हुन्छ भन्ने ठान्यौँ ।’

असार १५ गतेसम्म विद्यालय शिक्षा पास गर्न नसके शिक्षा क्षेत्र झन् अराजकतातिर धकेलिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप