बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

हामीले गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ : रास्वपा

मङ्गलबार, ०३ असार २०८२, १४ : ५९
मङ्गलबार, ०३ असार २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकलाई अपराधी नभनिएको बताएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा धारणा राख्दै रास्वपा सांसद चन्दा भण्डारी कार्कीले आफूहरूले गृहमन्त्री लेखकलाई अपराधी नभनेको बताइन् । 

‘गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ,’ सांसद कार्कीले भनिन्, ‘तर विवादास्पद अध्यागमन प्रमुखको नियुक्ति उनलाई अख्तियारको छानबिनबाट जोगाउन एक दिनमै सरुवा गर्नु । कारबाही प्रक्रिया अघि बढाएका व्यक्तिलाई मन्त्रालयमै फर्काउनु र अख्तियारका पत्रहरूको बेवास्ता गर्नु यी सबैमा प्रश्न त उठेकै हो नी ।’

उनले गृहमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको निकायमा हुने ल्याब टेष्ट निष्पक्ष हुन्छ भन्ने कसरी विश्वास गर्ने भन्दै प्रश्न गरिन् । ‘विधि विज्ञान प्रयोगशाला जस्तो अनुसन्धान जोडिएको संवेदनशील निकाय गृहमन्त्रीको प्रत्यक्ष प्रत्यक्ष मातहतमा हुँदा निष्पक्ष अनुसन्धान कसरी सम्भव हुन्छ भनेर हामीले भनेका हौँ, कार्कीले भनिन्,‘जब उहाँमाथि प्रत्यक्ष वा परोक्ष रूपमा शङ्का उठिरहेको छ भने उहाँले नै गत वर्ष संसद्मा प्रस्तुत गर्नुभएको नैतिकताको मानक अनुसार राजीनामा दिन पर्छ भनेका हौँ । यसमा हामीले गलत के भन्यौँ ।’ 

उनले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरू, अध्यागमन विभाग र गृह मन्त्रालयसमेतले ठुलो र्‍याकेटमार्फत मानव तस्करी, भ्रष्टाचार र सङ्गठित अपराधजस्ता निकृष्ट गतिविधि खुलेआम भइरहेको तथ्य बाहिर आएको सबैलाई थाहा भएको विषय भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप