सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउने मुख्यमन्त्री शाहको प्रतिबद्धता
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालयको रूपमा विकास गर्न सबै पक्षले संयुक्त रूपमा प्रयास गर्नुपर्ने बताएका छन् ।
मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको १६औँ स्थापना दिवसको अवसरमा महेन्द्रनगर, कञ्चनपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले विश्वविद्यालय क्षेत्रीय आवश्यकता र सम्भावनाअनुसार केन्द्रित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कृषि, पर्यटन, धार्मिक पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका विषयमा अध्ययन–अध्यापन हुनुपर्छ,रोजगारी र उत्पादन बढाउने, हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजाने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
उनले सुदूरपश्चिम विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रदेश सरकारको दृढ प्रतिबद्धता रहेको र आवश्यक सहयोग दिन सरकार सधैँ तयार रहेको स्पष्ट पारेका छन् ।
कार्यक्रममा विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा दिइरहेका ४३ जना प्राध्यापक तथा कर्मचारीलाई दीर्घ सेवा पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।१६औँ वर्षमा प्रवेश गरेको सुदूरपश्चिम विश्वविद्यालयले आगामी दिनमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा थप प्रगति गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण