शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
सारांश
- नेपाली कांग्रेसले नेता ढुण्डीराज शास्त्रीको निधनमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
- पार्टीको आकस्मिक बैठकले पूर्वमन्त्री एवं समाजवादी चिन्तक शास्त्रीको निधनप्रति दुःख व्यक्त गरेको छ।
- कांग्रेसले असार ४, ५ र ६ गते झण्डा आधा झुकाउने र ५ गते कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
काठमाडौं । नेपाली कांग्रेसले बुधबारदेखि असार ६ गतेसम्म तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख व्यक्त गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
पूर्व मन्त्री एवं समाजवादी चिन्तक समेत रहेका शास्त्रीको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
‘२०८२ असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने’, बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै शास्त्रीको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा शास्त्रीको ८९ वर्षको उमेरमा असार २ गते भएको निधन भएको थियो । विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका शास्त्रीले प्रजातन्त्र पुनर्स्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण