राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनीको हत्या
सारांश
- इजरायली सेनाले गाजामा राहतको पर्खाइमा रहेका २९ जनासहित ७२ प्यालेस्टिनीको हत्या गरेको छ।
- मध्य गाजाको नेटजरिम करिडोरमा भएको घटनामा १ सयभन्दा बढी घाइते भए।
- इजरायलले गाजामा हवाई हमला जारी राख्दा विभिन्न स्थानमा सर्वसाधारणको मृत्यु भएको छ, जसमा बालबालिका पनि परेका छन्।
गाजा । इजरायली सेनाले राहत बोकेर आइरहेको ट्रकको पर्खाइमा रहेका २९ जनासहित गाजामा कम्तीमा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार आफ्नो भोको परिवारका लागि खाना पर्खिरहेका नागरिकहरूको समेत इजरायली सेनाले हत्या गरेको जनाएको हो ।
यो घटना बुधबार मध्य गाजाको नेटजरिम करिडोरको सलाह अल–दिन सडकमा भएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अल जजिराले जानकारी दिएको छ । घटनामा १ सय जनाभन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ ।
बुधबार इजरायलले गाजामा हवाई हमला पनि जारी राखेको थियो । दक्षिण गाजाको जेइटोउनमा एक घरमा गरिएको हवाई हमलामा ८ जनाको मृत्यु भएको छ ।
त्यस्तै, दक्षिणी गाजामा घरबारविहीन भएकाहरू बस्ने अल–मवासी क्याम्पमा गरिएको हवाई हमलामा ८ जनाभन्दा सर्वसाधारणको मृत्यु भएको थियो । उता, मध्य गाजामा रहेको मेघाजी क्याम्पमा गरिएको अर्को आक्रमणमा एकै परिवारका तीन जनासहित १० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
हमासले आवासीय क्षेत्र तथा राहतको पर्खाइमा रहेका सर्वसाधारणमा गरिएको इजरायली हमलाको भर्त्सना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण